शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आ.ब.२०८२।०८३ को वार्षिक समीक्षा तथा आगामी वर्षको अनुमानित बजेट तथा कार्ययोजना गोष्ठी सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष निर्मला सुवालले गत वर्षको लागि लिइएको वित्तीय लक्ष्यमा ९५ प्रतिशत प्रगति भएको जानकारी गराउँदै संस्थाको वासलात रु. १ अर्ब ९५ करोड पुगेको प्रगति प्रतिवेदन पेश गरेकी थिइन् । साथै आगामी वर्षको वित्तिय लक्ष्यबारे समेत गोष्ठीमा छलफल गरिएको थियो । संस्थाका सचिव पुष्पलाल तिमिलाले गत वर्ष सम्पन्न भएका कार्यक्रमहरुबारे जानकारी गराउँदै आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
त्यस्तै गरी प्रमुख कार्यकारी अधिकृत रेश्मी श्रेष्ठले संस्थाको ‘स्वट एनालाइसिस’ गर्दै आगामी वर्षको लागि रणनीतिक कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद कासुलाले संस्थाको समग्र विकासका लागि संस्थाका समिति उपसमिति, कर्मचारी र सदस्यहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले सदस्य सेवा विस्तार, प्रभावकारी ऋण लगानी र असुली कार्ययोजना, खराब कर्जा, तरलता व्यवस्थापन, सदस्य केन्द्रीत सेवा, नयाँ सेवा, प्रविधि, शिक्षा तथा तालिम जस्ता विषयहरुलाई ध्यानमा राखेर आगामी वर्षको कार्ययोजना तयार गरिएको जानकारी दिए ।

नेपालपत्र संवाददाता