पनौतीको नगरपालिकाको चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको २७ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि जेष्ठ सदस्य कान्छी राई रहेकी थिइन् ।राष्ट्रिय सहकारी नियमन प्राधिरकणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै संस्थाले साधारण सभा सम्पन्न गरेको हो ।
महिलाहरुको आर्थिक शशक्तिकरण र सवलीकरण गर्ने उदेश्यले स्थापना भएको सहकारीले सदस्यहरुका लागि वित्य साथै विभिन्न सेवा उपलब्ध गराउँदै आएको छ । सहकारीले साधारण सभाको अवसरमा जेष्ठ सदस्य सम्मान गरेको छ । ६५ वर्ष उमेर पुगेका २५ जना जेष्ठ सदस्यलाई दोसल्ला, सम्मानपत्र, हर्लेक्स र विस्कुट सहित सम्मान गरिएको छ । त्यस्तै बाल बचत सदस्यहरु एसईई उर्तिण ३९ जनालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यस्तै उत्कृष्ट शेयर सदस्य सज्जा श्रेष्ठ, ऋणी इन्दु राई, नियमित बचतकर्ता सायरा प्रधान र बाल बचतकर्ता सायीका गौतमलाई सम्मान नगद सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझी मेनेन्जर्स क्लवमा कोषाध्यक्ष निर्वाचित भएकोमा संस्थाले बधाई सहित सम्मान गरेको थियो ।

संस्थाको सेवा केन्द्र बनेपा ७ गोदामचोक र धुलिखेल ६ हस्पिटलचोकमा रहेको छ । आर्थिक वर्ष २०८०/२०८१ मा ४३ सय ७८ सदस्य रहेको सहकारीमा २०८१/२०८२ मा ४७ सय ९६ पुगेका छन् । ४३ जनाको खाता बन्दी भएको छ । १४ जना नवदुलहीलाई भेटघाट गरिएको छ । हरेक दुलहीले ७ सय २५ रुपैया प्राप्त गरेका छन् । प्रसुती राहत तथा अन्य कोष मार्फत ५४ जना सदस्यहरुले एक÷एक हजार सहयोग प्राप्त गरेका छन् । मृत्यु राहत सेवाबाट १४ जनाले १०र१० हजार रुपैयाँ सहयोग प्राप्त गरेका छन् भने विरामी राहत मार्फत ८ जनाले पाँच पाँच हजार सहयोग प्राप्त गरेका छन् । साधारण सभाले यसमा केहि बृद्धी गर्ने प्रस्ताव पास गरेको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा ४२ वटा कार्यक्रम प्रस्ताव गरिएको छ । अन्तराष्ट्रिय स्तरको तालिम तथा गोष्ठी देखि कर्मचारी र संचालक तथा शेयर सदस्यहरुको क्षमता अभिबृद्धी तथा सचेतनामुलक कार्यक्रम आयोजना गरिने प्रस्ताव गरिएको छ । प्रस्तावित कार्ययोजनामा दुई वटा नयाँ कार्यक्रम थप गरिएको छ । उमेर, पेशा र ब्यवसायका आधारमा समुह बर्गिकरण गरी शिक्षा प्रदान गर्ने, कृषि तथा पशुपालन तालिम, ब्यवसायीक योजना निर्माण तालिम लगायतका कार्यक्रम कार्ययोजनामा समेटिएको अध्यक्ष हिमाली श्रेष्ठले बताईन् ।

संस्थाको शेयर पुँजी आर्थिक वर्षको अन्त्यसम्ममा ३ करोड १४ लाख ८४ हजार २ सय पुगेको छ । २६ करोड ८६ लाख ५४ हजार ४ सय १७ रुपैया बचत, २० करोड ९६ लाख १६ हजार ५ सय ४६ रुपैया ऋण लगानी रहेको संस्थाको स्थिर पुँजी ४४ लाख ९२ हजार ९ सय ४ पुगेको छ । सबै कोष तथा अन्य खर्च कटाएर ३ लाख ७९८ हजार ६ सय ९५ रुपैया आम्दानी रहेको छ । प्रमुख कार्यकारी अधिकृत मनोज रायमाझीले सदस्य संख्या बृद्धी भईरहेको र सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम मार्फत अभिमुखिकरण तथा ब्यवसायीक योजना र आर्थिक बृद्धीका लागि सहजिकरण गर्दै आएको बताए । अध्यक्ष हिमाली श्रेष्ठ, उपाध्यक्ष कविता कार्की, सचिव सकुन्तला श्रेष्ठ, कोषाध्यक्ष कल्याणी चन्द ठकुरी, लेखा सुपरिवेक्षण समिति संयोजक सोविता थापा मगरले सभामा आर्थिक, बार्षिक, भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संस्थापक अध्यक्ष तिर्थमाया प्रधानले त्यस क्षेत्रका महिलाहरुको आर्थिक तथा सामाविक रुपान्तरणमा संस्थाले खेलेको भूमिकाको विषयमा चर्चा गरेकी थिइन् ।
नेपालपत्र संवाददाता