चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको सभापत्विमा भएको साधारण सभाको प्रमुख अतिथि स्थापनाकालका अध्यक्ष बद्रिप्रसाद चौलागाई रहेका थिए ।
अध्यक्ष घिमिरेले मुलुकको अर्थतन्त्रमा देखा परेको मन्दी, वित्तिय क्षेत्रमा उच्च तरलता, ब्याजदर संकुचन, न्यून पूँजीगत खर्च, घट्दो राजश्व, उत्पादनमा आएको ह्रास जस्ता कारणले थप चुनौती थपिएको बताए । उनले पूँजीबजारमा आएको गिरावट, घर जग्गा कारोबारमा आएको शिथिलता, बेरोजगारी, उच्च शिक्षा अध्ययनमा भएको पूँजी पलायन, शक्ति राष्ट्रहरुको बीचको द्वन्द्व जस्ता कारणले सिंगो सहकारी क्षेत्रमा समेत थप चुनौती खडा भएको बताए ।
सभामा संस्थाका उपाध्यक्ष मिठाराम न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव दिपक कुमार न्यौपानेले गरेका थिए । सभा सचिव न्यौपानेले आर्थिक बर्ष २०८१/८२ को सम्पन्न कार्यक्रम तथा यस आ.ब.को लागि नीति कार्यक्रम प्रस्तुत गरेका थिए । कोेषाध्यक्ष नवराज घिमिरेद्वारा २०८१।८२ को वित्तीय उपलब्धी तथा २०८२।८३ को प्रस्तावित बजेट सभामा प्रस्तुत गरेका थिए । उनले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत त् २०५९ सालमा ३४ जनाको सहभागितामा ३ हजार ४ सयबाट सुरु भएको संस्थाको कारोबार हाल ९६ करोड, ८६ लाख, ८६ हजार ५९५ पुगेको बताए । उनले गत बर्ष संस्थाको शेयर पूँजी ६ करोड ३९ लाख ६४ हजार रहेकोमा चालू आर्थिक बर्षमा १५ लाख ४६ हजार २ सयले बृद्धि भइ ६ करोड ५५ लाख १० हजार २ सय पुगेको बताए । उनले गत आ.ब.को खुद बचतबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश दिने सभामा जानकारी दिए । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक शालिकराम घिमिरेद्वारा प्रस्तुत प्रतिवेदन उपर छलफल गरि पारित गरिएको थियो ।
त्यसैगरी सभामा शताब्दी पुरूष १०० वर्षिय संस्थाका सदस्य दिलबहादुर थापा, उत्कृष्ट वचतकर्तामा सदस्यद्वय लक्ष्मी श्रेष्ठ र सन्तोष चौलागाई, उत्कृष्ट ऋणी सदस्यद्वयमा अन्जली कार्की खड्का र मिलन कार्कीलाई सम्मान गरिएको थियो । वचत केन्द्रतर्फ धनलक्ष्मी वचत केन्द्र, सिरूटार, २०८१ सालको एस.ई.ई परिक्षामा ४ जिपिए ल्याउन सफल सदस्यका छोरा छोरी मध्ये अध्यात्म घिमिरे, आयाम न्यौपाने, ग्रिष्मा कार्की, सिम्रन पोखरेल र शिक्षा घिमिरेलाई सम्मान गरिएको थियो । उत्कृष्ट कर्मचारीको रूपमा यमुना फुंयाल घिमिरेलाई सम्मान तथा पुरष्कृत गरिएको थियो । सदस्यहरूको वित्तीय आवश्यकता परिपूर्ति गर्न संस्था सुशासनयुक्त ढंगबाट अगाडि बढ्ने अध्यक्ष घिमिरेले बताए । साधारणसभा ३ हजार ८०३ जना सदस्यहरूको रहेको थियो । सभामा पूर्व अध्यक्षद्वय पुष्कर बुढाथोकी, जनार्दन न्यौपाने र कानूनी सल्लाहकार विष्णुकाजी थापाले शुभकामना राखेका थिए ।

नेपालपत्र संवाददाता