आइतबार, कार्तिक ९ गते २०८३

स्थापना दिवसको अवसरमा सामुहिक सहकारीद्वारा विभिन्न विधामा सम्मान


आश्विन २६, २०८२ आइतबार
स्थापना दिवसको अवसरमा सामुहिक सहकारीद्वारा विभिन्न विधामा सम्मान

सामुहिक बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवस मनाएको छ । संस्थाले विविध कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो । सो अवसरमा संस्थाले निःशुल्क स्वास्थ्य परिक्षण, रक्तदान,जेष्ठ सदस्य,  एसईई तथा प्लस टु सम्मान जस्ता कार्यक्रम आयोजना गरेको हो ।

 त्यसैगरी  संस्थाले विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिरको सरसफाई समेत गरेको जनाएको छ । संस्थाका अध्यक्ष राजभाई भेलेको सभापतित्वमा  भएको कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, जिल्ला सहकारी संघ भक्तपुरका सचिव रामप्रसाद कासुला र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष हरिकृष्ण बल्ल अतिथि  रहेका थिए ।

संस्थाले प्रकाशित गरेको भदौ महिनासम्मको वित्तीय विवरण अनुसार ६ हजार ७ सय सदस्य आवद्ध रहेको संस्थाको कुल सम्पत्ति ७४ करोड ८५ लाख पुगेको छ । संस्थाको शेयर पुँजी ६ करोड १८ लाख,बचत संकलन ५८ करोड ४२ लाख र ऋण लगानी ५१ करोड ७६ लाख रहेको छ । संस्थागत पुँजी ५ करोड ७२ लाख र जगेडा कोष ५ करोड ६८ लाख रहेको संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरणमा निरन्तर कार्य गर्दै आएको छ । 

558016479_10231831855800479_3275958230532760334_n.jpg