पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशन अनुसार केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रमा आवद्ध शेयर सदस्यहरु, सञ्चालक समितिका पदाधिकारी र कर्मचारी उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको थियो । अध्यक्ष देवकोटाले प्रविधिको प्रयोग गरी सुशासनलाई कायम गर्दै शेयर सदस्यको उत्थानमा संस्था प्रतिवद्ध रहको बताए । सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक विष्णु प्रसाद लम्सालले संस्थाको वित्तीय अवस्थाको वारेमा जानकारी दिदै वित्तिय सुशासन चुस्त दुरुस्त रहेको बताउँदै ढुक्क भएर सहकारी मार्फत कारोबार गर्न आग्रह् गरे । शेयर सदस्य एवं रामपुर नगरपालिका १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले संस्थागत सुशासनमा विशेष ध्यान दिन अनुरोध गर्दै नगरपालिकाले पनि सहकारीलाई व्यवस्थित गर्न कार्यविधि ल्याएको जानकारी दिए।

निर्णय प्रमाणित सहितको साधारण सभा सेवा आगामी कार्तिक १ गते संस्थाको कार्यालयमा हुने संस्थाका सचिव ओम प्रकाश बस्यालले जानकारी दिए । संस्थाका उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्यालले गरेका थिए। २०५५ सालमा खेतको आली बाट बचत संकलन गरी सुरु भएको सहकारीमा हाल ११ हजार ४४० जना शेयर सदस्य आवद्ध रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ६४ करोड ३९ लाख २४ हजार ४२३ रुपियाँ पुगेको छ । सहकारीले गत आर्थिक वर्षमा ३ करोड ४६ लाख ६१ हजार ४८९ रुपियाँ नाफा कमाउन सफल भएको छ ।
सभामा विभिन्न विधामा सम्मान
साधारण सभाको अवसरमा केन्द्रिय कार्यालय र सहयोगी सेवाकेन्द्र अन्तरर्गतका नियमित बचत कर्ता, बालबचत कर्ता, असल ऋणी, सफल व्यापायी, एसईएमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी, लघुवित्त केन्द्र, केन्द्र प्रमुखुलाई पुरस्कृत गरिएको थियो । साथै सहकारीले रामपुर क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चालनमा रहेका सञ्चार माध्यमहरुलाई पनि सम्मान गरेको छ ।
साथै सहकारीले ७० वर्ष पूरा हुनु भएका सेवा केन्द्र अन्तर्गतका थप १७ जना शेयर सदस्यहरुलाई मासिक पेन्सन प्रदान गरिएको छ । सहकारीले गत वर्ष सम्म १४२ जना जेष्ठ शेयर सदस्यलाई मासिक ५०० रुपैयाँ प्रदान गर्दै आएकोमा यस वर्ष थप २५ जनालाई वितरण सुरु गरेको जनाएको छ ।
नेपालपत्र संवाददाता