आइतबार, कार्तिक ९ गते २०८३

नवजागरण साकोस मन्थलीको विस्तारित बैठक सम्पन्न


आश्विन २६, २०८२ आइतबार
नवजागरण साकोस मन्थलीको विस्तारित बैठक सम्पन्न


नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको २७औं वार्षिक साधारण सभाको तयारीका क्रममा   विस्तारित बैठक सम्पन्न  गरेको छ । संस्थाका अध्यक्ष सोमेश थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा पूर्वअध्यक्ष तथा सल्लाहकार श्याम थापा, सल्लाहकार जगन्नाथ दाहाल र नवराज पथिक लगायत सञ्चालक समिति, लेखा समिति, उपसमिति, शेयर सदस्य र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकमा संस्थाका व्यवस्थापक रमेश उदासले संस्थाको विगतका गतिविधिहरू प्रस्तुत गर्नुका साथै सचिव नारायणबहादुर कार्कीले आगामी कार्यक्रम र २७औं साधारण सभाको कार्यसूची प्रस्तुत  गरेका थिए । त्यसैगरी कोषाध्यक्ष भिमसेन थापाले आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्षको बजेट प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतीहरूमा सहभागीहरूबाट आ–आफ्ना सुझाव र सल्लाहहरू राखिएका थिए।

सल्लाहकारहरूबाट सान्दर्भिक सुझाव प्रदान गर्दै २७औं वार्षिक साधारण सभा सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो।
बैठकमा अध्यक्ष सोमेश थापाले उठेका प्रश्न र सुझावहरूलाई ग्रहण गर्दै नियामक निकायको निर्देशनको पूर्ण पालना गर्दै संस्था पारदर्शी र उत्तरदायी ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमको सञ्चालन सचिव नारायणबहादुर कार्कीले गरेका थिए । आगामी २७औं वार्षिक साधारण सभा २०८२ कार्तिक ९ देखि शुरु भई मन्थलीको तिनलाल पार्कमा कार्तिक १८ गते अन्तिम साधारण सभा सञ्चालन हुने तय गरिएको छ।