आइतबार, आश्विन १८ गते २०८३

सहकारी विभागले संशोधन गर्यो बुँदा न.५६, के भयो नयाँ व्यवस्था ?


आश्विन २६, २०८२ आइतबार
सहकारी विभागले संशोधन गर्यो बुँदा न.५६, के भयो नयाँ व्यवस्था ?


उत्पादन र सेवाको बजारीकरणमा काम गर्ने सहकारी संघ संस्थाहरुले कुल सम्पत्तिको ५ प्रतिशत भन्दा बढी वाह्य ऋण लन पाउने भएका छन् । सहकारी विभागले आज एक सूचना जारी गर्दै सरकारको स्वीकृतमा वाह्य मुलुकबाट ऋण लिने संघ संस्था वा विशिष्टिकृत सहकारी संघ वा दुई वा सो भन्दा बढी संघ संस्थाले सयुक्त वा साझेदारीमा उत्पादन र सेवाको बजारीकरणमा काम गर्दा ५ प्रतिशत भन्दा बढी वाह्य ऋण लिन सक्ने जनाएको छ ।

त्यसैगरी सरकारले उत्पादनमुलक सहकारी क्षेत्र मार्फत लगानी प्रवर्दनको लागि विशेष  व्यवस्था गरिएको अवस्थामा समेत ५ प्रतिशत सीमा सम्बन्धी व्यवस्था लागु नहुने विभागले जनाएको छ । यस अघि विभागले १०२ बुँर्दे एकीकृत निर्देशन जारी गर्दै ५६ न.बुँदामा सहकारी संघ संस्थाहरुले कुल सम्पत्तिको ५ प्रतिशत मात्र वाहय ऋण लिन सक्ने व्यवस्था गरेको थियो ।

विभागले उक्त बुँदालाई संशोधन गर्दै उत्पादन र सेवा क्षेत्रमा काम गर्ने सहकारी संघ संस्थाको हकमा  भने ५ प्रतिशत माथि वाह्य ऋण लिन सक्ने व्यवस्था गरेको हो ।  विभागले जारी गरेको एकीकृत निर्देशनको सो बुँदामा सहकारी संघ संस्थाहरुले वाह्य ऋण कुल सम्पत्तिको ५ प्रतिशत सीमा भित्र राख्नुपर्ने उल्लेख छ । 

4121f951-6127-4db7-9b7c-dbc1eeb360a3.jpeg