आइतबार, कार्तिक ९ गते २०८३

एकीकृत फ्रेण्डसिप साकोसको एघारौं वार्षिक साधारणसभा बस्ने सूचना

आश्विन २१, २०८२ मंगलबार
एकीकृत फ्रेण्डसिप साकोसको एघारौं वार्षिक साधारणसभा बस्ने सूचना

दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाको एघारौं साधारणसभा अशोज २३ गतेबाट शुरु हुने भएको छ । संस्थाले सदस्यहरुको सहजताको लागि क्षेत्रगत रुपमा साधारणसभा गर्न लागेको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारणसभा सम्बन्धी निर्देशनको पालना गर्दै सभा सम्पन्न गर्ने संस्थाले जनाएको छ । सहकारी प्राधिकरणकाे नियामकीय मापदण्ड र सहकारी विभागले जारी गरेका निर्देशनकाे पूर्ण पालना गर्दै सरकारी काेषबाट सेवा सुविधा लिइरहेका लेखा सुपरीवेक्षण समितिका संयाेजक १ र सदस्य १ जनाले पदबाट राजिनामा दिएकाले सभामा निर्वाचन प्रक्रियामार्फत रिक्त रहेका पदहरू पूर्ति गर्न लागेकाे संस्थाले जानकारी दिएकाे छ । प्रमाणिकरण सभा कार्तिक १ गते हुने संस्थाले जनाएको छ । 

ekikrit friendship Clear.png