आइतबार, कार्तिक ९ गते २०८३

सगुन सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न


आश्विन १०, २०८२ शुक्रबार
सगुन सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न

 सर्लाहीको हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । ‘उत्कृष्ट ब्यवसायीक दिगो वित्तीय संस्था’ भन्ने नाराका साथ सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको उक्त संस्थाले सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै सभा सम्पन्न गरेको हो ।  

संस्थाका  अध्यक्ष  केशव प्रसाद ढकालको अध्यक्षतामा संस्थाकी जेष्ठ सदस्य  गंगादेवि दाहालको प्रमुख आतिथ्यतमा सभा सम्पन्न भएको हो । प्रमुख अतिथि दाहालले पानसमा दिप प्रज्जलन गरि  सभा उदघाट्न  गरेकी थिइन् भने  कार्यक्रममा कोषाध्यक्ष   पदम मोक्तानले उपस्थित सबैलाई मन्तब्य सहित स्वागत गरेका थिए । 

  कार्यक्रममा सचिव   बिनोद कार्कीले प्रगति समिक्षा, उपाध्यक्ष राज कुमार उप्रेतीले  आर्थिक बर्ष २०८२/०८३ नीति कार्यक्रम र बजेट, लेखा  सुपरिवेक्ष्ण   समिति संयोजकले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।  संस्थाका प्रबन्धक रविन्द्र रानाले आ.ब.२०८१/०८२ को वित्तिय प्रतिवेदन पेश  गरेकको सभामा १६ वटा एजेन्डाहरु प्रस्तुत गरि  सर्वसम्मतिले  पारित गरेको थियो ।  

सबै सेवा केन्द्रहरुबाट असोज ३ गते देखि उपस्थिति दर्ता र राय सुझाव लिईएको साधारण सभाको अवसरमा प्रादेशिक रक्त संचार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा  रक्तदान कार्यक्रम गरिएको र ५८  जना रक्तदाताले  गरेको संस्थाले जनाएको छ। लेखा  सुपरीवेक्षण समितिका संयोजक  जय शंकर सिंहले धन्यबाद  ज्ञापन गरेका थिए ।