आइतबार, कार्तिक ९ गते २०८३

कुटुम्ब सहकारीद्वारा कोटेश्वर चौंकीलाई आर्थिक सहयोग


आश्विन १०, २०८२ शुक्रबार
कुटुम्ब सहकारीद्वारा कोटेश्वर चौंकीलाई आर्थिक सहयोग

कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले कोटेश्वर प्रहरी चौंकीलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी चौंकीलाई ४० हजार आर्थिक सहयोग गरेको हो ।

यहि भदौ २३ र २४ गते जेनजी आन्दोलनको  क्रममा क्षतिग्रस्त भएको प्रहरी चौंकीको पुर्नस्थापनाको लागि संस्थाले आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापन प्रमुखको सहभागी थियो । संस्थाले पुर्ननिर्माण समितिका अध्यक्षलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

संस्थाले विभिन्न समयमा समुदायको हित हुने कार्यक्रमहरु गर्दै आएको छ । संस्थाले हरेक बर्ष स्थापना दिवसको अवसरमा रक्तदान लगायत अन्य सामाजिक क्रियाकलाप मार्फत् सदस्य र समुदायलाई सहयोग पु¥याउदै  आएको छ ।