आइतबार, कार्तिक ९ गते २०८३

सामुहिक साकोसको २७ औं साधारण सभा, ७२ करोड नाघ्यो कुल सम्पत्ति


आश्विन १०, २०८२ शुक्रबार
सामुहिक साकोसको २७ औं साधारण सभा, ७२ करोड नाघ्यो कुल सम्पत्ति


सामुहिक बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनलाई पालना गर्दै सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष राजभाई भेलेको सभापतित्वमा भएको साधारण सभाको स्रोत व्यक्ति भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजु रहेका थिए ।

सभामा अध्यक्ष भेलेले ‘आपसी सहयोग सद्भाव र सामुहकि हितका लागि सहकारी’ भन्ने मुल उदेश्य लिई २०५५ सालमा २६ हजार शेयर पुँजी र ३२ हजार ५ सय बचतबाट संस्था सुरु गरिएको बताए । उनले संस्थागत शुशासन कायम गरी सदस्यको बचतलाई सुरक्षित गर्न नीति, विधि र प्रविधिमा आधारित भएर सञ्चालन हुँदै आएको बताए । संस्था एक्सेस ब्राण्ड कार्यक्रममा सहभागी भएको र ब्राण्ड लिनको लागि प्रयास गरिराखेको सो अवसरमा उनले जानकारी दिए । संस्थामा आर्थिक बर्ष २०८१\८२ को असार मसान्तसम्म ६ हजार ७३७ सदस्य आवद्ध भएका छन् भने शेयर पुँजी ६ करोड १९ लाख पुगेको छ । त्यसैगरी जगेडा कोष ५ करोड ६८ लाख, अन्य कोष  १ करोड ९ लाख,बचत संकलन ५६ करोड ८४ लाख, ऋण लगानी ५३ करोड ८ लाख गरी कुल करोबार ७२ करोड ९६ लाख पुगेको छ ।

संस्थाले  नियमित,ऐच्छिक,दैनिक,मुना, सामुहिक आकस्मिक,शेयर र सदस्य विशेष, नारी, आकर्षक, जेष्ठ  बचत खाता  सञ्चालनमा आएको छ । त्यसैगरी सदस्य सुविधा,दैनिक सामाजिक,व्यवसायिक, हायरपर्चेच, आवास,  चाडपर्व, रोजगारमुलक, आवधिक र घरजग्गा जस्ता  शिर्षकमा ऋण लगानी गर्दै आएको छ । संस्थाको ऋण तिर्न पटक पटक सार्वजनिक सूचना जारी गर्दा समेत तिर्न आलटाल गर्ने ११ जना ऋण सदस्यहरुको सम्पत्ति पत्ता लगाई भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरिएको सभामा जानकारी दिइयो । संस्थाले ४ बर्षे व्यवसायिक कार्य योेजना बनाई लक्ष्य प्राप्तिका लागि लागि परेको सभामा जानकारी दिइयो ।  यस आबमा निस्कृय सदस्यहरुलाई सक्रिय बनाउन लागि पर्ने, सदस्यहरुको पुँजीलाई अधिकतम परिचालन गरी प्रतिफल दिन प्रयास गर्ने, सहकारी शिक्षा सञ्चलान गर्ने,सांस्कृतिक क्रियाकलापहरुलाई निरन्तरता दिने जस्ता योजना संस्थाको छ ।

संस्थाका कोषाध्यक्ष जगदीश प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत बर्ष संस्थाले १ करोड २५ लाख ७७ हजार खुद बचत गरेको बताए । लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक बलराम भुजुले समितिको प्रतिवदेन सभामा प्रस्तुत गर्दै नियमनकारी निकायको निर्देशन अनुसार संचालक समिति र समितिको एकाघर परिवारका सदस्यलाई लगानी भएको ऋणलाई व्यवस्थित गर्न सुझाव दिए ।  

554986148_2186019321809533_8720806901321790083_n.jpg