आइतबार, कार्तिक ९ गते २०८३

सुयोग्य सहकारीद्वारा कोटेश्वर प्रहरी कार्यालयलाई सामग्री हस्तान्तरण


आश्विन ९, २०८२ बिहीबार
सुयोग्य सहकारीद्वारा कोटेश्वर प्रहरी कार्यालयलाई सामग्री हस्तान्तरण


सेतीओपी मार्ग कोठेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले प्रहरी कार्यालय कोटेश्वरलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । यहि भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको  उक्त प्रहरी चौकीलाई संस्थाले विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाका अध्यक्ष  टेक बहादुर लिम्बु, उपाध्यक्ष  पम्फा न्यौपाने, संस्थाको प्रमुख सल्लाहकार चित्रा कुमारी सुब्बा थाम्सुहाङ  र प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले सयुक्त रुपमा उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । संस्थाको सामाजिक हितकोष अन्तर्गत जेनजी आन्दोलनबाट क्षतिग्रस्त प्रहरी  चौकीलाई  १ लाख १४ हजार बराबरको विभिन्न सामाग्री हस्तान्तरण गरिएको सिईओ कार्कीले जानकारी दिए ।

संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत स्टील दराज ४ थान, डिभाइडर लाईट २ थान, म्याजिक लाईट ५ थान,ब्याट्री १ प्याकेट, टर्च लाईट २ थान, ह्यन्ड माइक १ थान र युपिएस ३ थान  इनिस्पेक्टर यज्ञराज भट्टलाई हस्तान्तरण गरिएको थियो । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै  आएको उक्त संस्थाले समुदायको हरेको गतिविधिमा सहभागी हुँदै आएको  जनाएको छ ।

सहकारीको सात सिद्धान्त मध्ये एक समुदायप्रति चासो भन्ने रहेको र सोही अनुसार संस्थाले आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको  प्रहरी चौंकीलाई  सहयोग गरेको अध्यक्ष लिम्बुले बताए । आगामी दिनमा पनि यस्ता क्रियाकलाप गर्दै जाने उनको भनाई छ । क्षतिग्रस्त  कार्यालयलाई विभिन्न संघ संस्थाले  सहयोग गर्दै आएका छन् भने रङ्गरोगनको कार्य समेत अगाडि बढाइएको छ । 

393dda9f-ad29-41a0-8dd1-219e4ed1e967.jpeg