आइतबार, कार्तिक ९ गते २०८३

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन


आश्विन ८, २०८२ बुधबार
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन

कुमारीपाटी स्थित पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा नयाँ सञ्चालक समिति चयन भएको छ । संस्थाको २५औं वार्षिक साधारण सभाले पुनः देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा आगामी ४ वर्षका लागि सञ्चालक समिति र शेषराज दाहालको संयोजकत्वमा  लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको हो  ।

त्यस्तै नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा राम प्रसाद गिरी, सचिवमा नारायण पोख्रेल र  कोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी चयन भएका छन्  । त्यस्तै सदस्यहरुमा राजेन्द्र शाक्य, जीवन देवी बज्राचार्य र अमिता सिद्धि बज्राचार्य चयन भएकी छिन् । यसैगरी तीन सदस्यीय  लेखा सुपरीवेक्षण समितिको  सदस्यमा राम प्रसाद निरौला र रुपेश भट्टराई चयन भएका छन् । 

संस्थाका अध्यक्ष देवेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभाले विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गरेको छ । साधारण सभामा सञ्चालक समितिका अध्यक्षको आज्ञाले प्रमुख कार्यकारी अधिकृत राजु खतिवडाले सञ्चालक समितिको तर्फबाट आ.ब. २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.ब. २०८२/०८३ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए । 

आर्थिक वर्ष ०८१/०८२ मा संस्थाको सेयर पुँजी १७ करोड ७७ लाख ८९ हजार ६ सय रुपैयाँ रहेको छ ।  यस अवधिमा संस्थाले २ अर्ब ९९ लाख ७२ हजार बचत  संकलन गरेको छ । संस्थाले यस अवधिमा २ अर्ब ६९ करोड ६१ लाख १५ हजार  कारोबार गर्न सफल भएको छ । त्यसैगरी संस्थाको जगेडा कोष तथा अन्य कोषमा ३२ करोड ९८ लाख ६९ हजार  प्रमुख कार्यकारी अधिकृत खतिवडाले जानकारी दिए । 

संस्थाले गत आ.ब.   ०८१/०८२ मा ९ करोड ९९ लाख ९३ हजार ७ सय ८९ रुपैंया ७१ पैसा नाफा आर्जन गरेको बताए । संस्थाले १ करोड ८१ लाख आयकर तिरेको छ । त्यस्तै विभिन्न शिर्षकहरुमा ३ करोड २२ लाख ५३ हजार  राजस्वमा योगदान गरेको खतिवडाले बताए ।

मुलुकमा देखिएको आर्थिक संकट र विभिन्न संचार माध्यममार्फत फैलाईएको सहकारी प्रतिको नकारात्मक सन्देशका बावजुद पनि संस्थाले सदस्यहरुलाई लगानीको उच्चतम प्रतिफल प्रदान गर्न सफल भएकोमा सम्पूर्ण सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गरेका थिए । संस्थाले गत आवको नाफाबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

संस्थाका सचिव नारायण पोख्रेलले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष अमिता सिद्धि बज्रार्चायले उपस्थित सम्पूर्ण  शेयर सदस्यहरुलाई स्वागत गरेका थिए । सभामा कोषाध्यक्ष राम प्रसाद गिरी आर्थिक प्रतिवेदन, लेखा तथा सुपरीवेक्षण समितिको तर्फबाट समितिका संयोजन शेषराज दहालले प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाका सल्लाहकार डा. डोल प्रसाद दाहाल र कर्जा उपसमितिका संयोजक वैजहरी भट्टराईले मन्तब्य व्यक्त गरेका थिए।

सभामा नियमित बचत गर्ने सदस्यहरु मध्येबाट ७५ वर्ष पुरा गरेका १७ जना जेष्ठ नागरिकहरुलाई चार्डपर्व खर्च उपलब्ध गराई सम्मान गरेको छ । त्यस्तै एसईई तथा प्स टूमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यहरुको एकाघर परीवारका सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी आ।व। ०८१/०८२ मा उत्कृष्ट कारोवार गर्नुहुने संस्थाका बचत सदस्य, आवधिक बचत सदस्य तथा उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । यसैबीच  नव निर्वाचित संचालक समितिको बैठकले संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः राजु खतिवडालाई नियुक्त गरेको छ । सीईओको कार्यकाल चार वर्षको रहने ब्यबस्था छ ।