आइतबार, आश्विन १८ गते २०८३

आयाम साकासको १३ औं साधारण सभा सम्पन्न, बार्षिक नीति तथा कार्यक्रम पारित


आश्विन ७, २०८२ मंगलबार
आयाम साकासको १३ औं साधारण सभा सम्पन्न, बार्षिक नीति तथा कार्यक्रम पारित

आयाम बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश प्रसाद नेपालको सभापतित्वमा भएको सभाको प्रमुख वक्ता ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी बजगाईं रहेका थिए ।

सभाको उद्घाटन गर्दै अध्यक्ष बजगाईंले जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको अभिभावकको रुपमा संघले काम गरिराखेको बताए । उनले सहकारी संस्थाहरुलाई परेको समस्यामा सघाउन संघ सधै तयार रहेको भन्दै छाता कार्यक्रम मार्फत् सेवा दिने योजना बनाएको बताए ।

सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले २०६९ साल भाद्र १७ गते विधिवत दर्ता भई सञ्चालनमा रहेको संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा सघाउँदै आएको बताए । संस्थाले सदस्यहरुको हितलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय कारोबार गर्दै आएको र ऋण लगानीमार्फत् आय आर्जन वृृद्धि गरी जीवनस्तर परिवर्तन ल्याउन संस्था क्रियशिल रहेको उनको भनाई छ । सहकारी मार्फत अभावयुक्त र असमानता समाजको परिकल्पना गरिएको र उक्त परिकल्पना पुरा गर्न केहि हदसम्म भए पनि संस्थाले योगदान पु¥याएको उनले बताए । सहकारीले सदस्यको हितको लागि काम गर्नु पर्ने र सदस्य केन्द्रीत कारोबारबाट मात्रै संस्था सुरक्षित हुने उनको भनाई छ । संस्थाले विभिन्न १० प्रकारको बचत खाता सञ्चालनमा ल्याएको जानकारी दिँदै अध्यक्ष नेपालले सदस्यहरुले आफ्नो क्षमता अनुसार बचत गर्न आग्रह गरे ।

संस्थाले आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तसम्म २ हजार ६९३ जना सदस्य, ४ करोड ३३ लाख शेयर पुँजी,२२ करोड ४ लाख बचत संकलन र २१ करोड ४७ लाख ऋण लगानी गरेको छ । संस्थाले सहकारी शिक्षा,तालिम,पुरस्कार तथा सम्मान जस्ता सदस्य केन्द्रीत कार्यक्रम गर्दै आएको छ । अध्यक्ष नेपालले यस आर्थिक बर्षको प्रस्तावित कार्यक्रम सभामा प्रस्तुत गरेका थिए भने सभाले  प्रस्तावहरुलाई पारित समेत गरेको थियो  । सभामा कोषाध्यक्ष नविन खकुरालले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिको तर्फबाट संयोजक केशव प्रसाद नेपालले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

9a2950fd-6663-417e-9fef-35cd11819fc2.jpeg