नेपालपत्र न्युज डटकमका सम्पादक माधब खड्का सम्मानित भएका छन् । दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सम्पादक खड्कालाई सम्मानित गरेको हो ।
संस्थाको २९ औं स्थापना दिवस तथा २८ औं साधारण सभाको अवसरमा नगद, दोसल्ला सहित प्रशंसा पत्रले उनलाई सम्मान गरिएको थियो । संस्थाले आज काठमाडौंमा आयोजना गरेको एकाई नंं. १ को साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष माधवप्रसाद दहाल र सभाका प्रमुख अतिथि तथा समाजसेवी डा.चन्द्र प्रसाद दहालले सम्पादक खड्कालाई सम्मान गरेका थिए । सम्पादक खड्काले पत्रकारिताको माध्यमबाट जनमुखी सहकारी संस्थाको असल अभ्यासलाई सदस्य र समुदायमा पु¥याउन खोलेको योगदानको कदर गर्दै बार्षिक साधारण सभाको अवसरमा सम्मान गरिएको संस्थाका सचिव लक्ष्मण चौलागाईले बताए ।
सम्पादक खड्का यस अघि पनि सहकारी क्षेत्रको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघ,नेफ्स्कून, बागमती प्रदेश सहकारी संघ, बागमती प्रोस्कून, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लगायत विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेका छन् । साधारण सभामा सम्पादक खड्का सहित २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्र छात्रा, उद्यमी, उत्कृष्ट बचतकर्ता, ऋणी र जेष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

नेपालपत्र संवाददाता