आइतबार, कार्तिक ९ गते २०८३

अनिलकुमार सिन्हालेलाई सहकारी मन्त्रालयको जिम्मेवारी


आश्विन ७, २०८२ मंगलबार
अनिलकुमार सिन्हालेलाई सहकारी  मन्त्रालयको जिम्मेवारी


 भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको जिम्मेवारी  अनिलकुमार सिन्हाले सम्माहलेका छन् । उनले  भूउपयोग नियमावली संशोधनको प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।  आज पदभार ग्रहण गर्दै   भूमि सुधारका कार्यक्रम लागू भएपनि अझै पनि केहि समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न भूउपयोग नियमावली संशोधन गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

उनले भूमि बैंकको स्थापनाका गर्नका लागि प्रारम्भिक कदम चाल्ने निर्णयमा हस्ताक्षर गरिएको जानकारी दिए। यसअघि मन्त्री सिन्हाले सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।