आइतबार, कार्तिक ९ गते २०८३

काभ्रे जिल्ला सहकारी संघको ४४ औ साधारण सभा सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम पारित


आश्विन ४, २०८२ शनिबार
काभ्रे जिल्ला सहकारी संघको ४४ औ साधारण सभा सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम पारित

जिल्ला सहकारी संघ लिमिटेड काभ्रेले ५८ औं स्थापना दिवस तथा ४४औं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । संघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको आधारमा रही सभा सम्पन्न गरेको हो ।

संघका अध्यक्ष अमन पोटे श्रेष्ठले  २०२४ साल भदौ २६ गते सहकारी विभाग काठमाडौंमा दर्ता भएको  बताए । उनले संघले  जिल्लाभरका सहकारीहरुलाई गुणस्तरिय सेवा प्रदान गर्दै सहकारी क्षेत्रको सहजिकरणका लागि काम गर्दै आएको बताए । उनले  प्रारम्भिक सहकारी र संघबीचको दुरीलाई कम गरि आपसमा मर्यादित र व्यवस्थित सहकारी विकासको परिकल्पनासहित अभियानलाई मूर्तरुप दिन संघको भूमिकालाई पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले पाँचखाल, भकुण्डे र पनौतीमा सेवाकेन्द्र संचालन गरेको समेत सो अवसरमा जानकारी दिए । संघले गत आर्थिक वर्षमा कूल १ अर्ब ४१ करोड ६९ लाख  कारोबार गरेको छ । जसबाट १ करोड १४ लाख ६७ हजार नाफा गरेको छ ।

यस्तै चालु आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड २१ लाख ७५ हजार १२ रुपैंयाँ कारोबार गरि २ करोड ६ लाख ९८ हजार ८८२ नाफा गर्ने लक्ष्य संघले राखेको छ । संघमा हालसम्म काभ्रेका १३ वटै पालिकाबाट ५९४ वटा सहकारी संस्थाहरु आबद्ध रहेको संस्थाका सचिव प्रकाश बञ्जाराले जानकारी दिए । सभामा  यस वर्ष काभ्रे टाइम्समा आबद्ध पत्रकार रमेश न्यौपानेलाई पुरस्कृत गरेको हो । उनलाई  विगत २७ वर्षदेखि पत्रकारितामार्फत सूचना प्रवाह गर्दै योगदान दिएको भन्दै संस्थाले नगद १० हजार र प्रमाणपत्रसहित पुरस्कृत गरेको हो । 

550234420_122240228504246977_1878936032059862484_n.jpg