आइतबार, कार्तिक ९ गते २०८३

अजम्बरी साकोसको १७ औं साधारण सभाले चुन्यो नयाँ सञ्चालक समिति


आश्विन ४, २०८२ शनिबार
अजम्बरी साकोसको १७ औं साधारण सभाले चुन्यो नयाँ सञ्चालक समिति

 अजम्बरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । सभाले अध्यक्षमा पुनः नुर्बु लामालाई चयन गरेको हो । त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा पुनः मिङमा शेर्पा चयन भएका छन् । 

साकोसका अध्यक्ष नोर्बु लामाको सभापतित्वमा आयोजित साधारणसभामा सञ्चालक समितिको तर्फबाट सचिव ग्याल्जेन शेर्पाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२\८३ को प्रस्तावित कार्यक्रम तथा बजेट ससदस्यहरुबाट सर्वसम्मत स्वीकृत गरिएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सचिव शेर्पाले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखी सुरक्षित ऋण लगानीमार्फत सदस्यहरुको सामाजिक आर्थिक समृद्धिका लागि काम गर्ने विश्वास दिलाए । 

यस्तै, सभाले लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै संस्थाको आन्तरिक कार्यविधि संशोधन, गैर वित्तीय सम्पत्ति बिक्री लगायतका प्रस्तावहरु पारित गरेको थियो । साधारणसभामा प्रस्तुत विभिन्न प्रस्ताव उपर सदस्यहरुले राखेको जिज्ञासा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० गान्वा सुनुवारले सम्बोधन गरेका थिए ।

आव २०८१\८२० मा १ करोड ९० लाख बढी शेयर पुँजी रहेको अजम्बरी साकोसको बचत निक्षेप साढे ३४ करोड बढी छ भने २३ करोड ११ लाख बढी ऋण लगानी रहेको सदस्यहरुलाई उपलब्ध गराइएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, वित्तीय लगानी १ करोड २३ लाख बढी रहेको छ । निस्क्रिय सदस्यहरु हटाई साकोसमा हाल १५७२ सेयर सदस्य ९८९९ महिला, ६७१ पुरुष र २ संस्थागत० कायम छन् । गत आर्थिक वर्षको अन्त्यसम्ममा ३५ करोड ४० लाख ५२ हजार बढी कुल सम्पत्ति रहेको साकोसले २०८३ को असार मसान्तमा यो सम्पति वृद्धि गरी ४३ करोड ५७ लाख बढी पुर्याउने लक्ष्य लिएको छ । 

अजम्बरी साकोसले सदस्य सुरक्षा तथा राहतकोष नीति २०७९ अधिनस्थ सदस्य सुरक्षा कार्यक्रममार्फत सदस्य र सदस्यको एकाघर परिवारको सदस्यहरुको उपचार खर्च लगायत औषधी खरिदमा चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालसँगको सम्झौता बमोजिम १० देखि २५ प्रतिशत छुट तथा सहुलियत उपलब्ध गराउँदै आएको छ भने प्रविधिमैत्री सेवालाई पनि प्राथमिकतामा राखेर काम गरेको सचिव शेर्पाले साधारण सभालाई जानकारी गराए। मुख्य कार्यालयसँगै एउटा सेवा केन्द्र रहेको अजम्बरी साकोसमा हाल १२ जना कर्मचारी कार्यरत छन् ।

नयाँ सञ्चालक तथा लेखा सुपरिवेक्षण समिति चयन  

ajambari-agm-1024x513.jpg

संस्थाको १७औं वार्षिक साधारण सभाले नुर्बु लामाको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा मिङमा शेर्पाको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा दावा थाक्चे शेर्पा, सचिव ग्याल्जेन शेर्पा, कोषाध्यक्ष आङपासाङ शेर्पा तथा सदस्यहरुमा भक्त सुन्दर साहु, नुर्वु शेर्पा र विजय कुमार पण्डित सर्वसम्मत निर्वाचित भएका छन् । लेखा समिति सदस्यहरुमा बुद्ध बहादुर लामा र मिठु माया तामाङ निर्विरोध निर्वाचित भएका छन्। 

 सदस्यहरुको सहभागिताबीच निर्वाचन उपसमिति (संयोजक अधिवक्ता विष्णु कुमारी राई तथा सदस्यद्वय ङिमा नुर्वु शेर्पा र अधिवक्ता अनिता लामा) को तर्फबाट नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो । यसैगरी, साकोसमा ३ जना सल्लाहकार, १ कानुनी सल्लाहकार, २ जना ऋण उपसमिति सदस्य तथा २ जना शिक्षा उपसमिति सदस्य रहेका छन् ।