आइतबार, कार्तिक ९ गते २०८३

एक्सप्रेस साकोसको १७ औं बार्षिक साधारणसभा, संस्थागत पुँजी १४ प्रतिशत माथि


भाद्र ३१, २०८२ मंगलबार
एक्सप्रेस साकोसको १७  औं  बार्षिक साधारणसभा, संस्थागत पुँजी १४ प्रतिशत माथि

एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले सत्रौ बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी.को सभापतित्वमा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, कर्मचारी  र सदस्यहरुको उपस्थितिमा साधारण सभा सम्पन्न गरेको हो ।  

संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८२\०८३ को लक्ष्य सहितको आ.व. २०८१\०८२ को सचिवको प्रतिबेदन र कोषाध्यक्ष प्रेम कुमार लामाले आ.व. २०८१\०८२ को बार्षिक बजेट सहित आ.व. २०८१\०८२ को वित्तीय विवरण र लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा तथा सुपरिवेक्षण समितिका  संयोजक पुजन श्रेष्ठले लेखा समितिको प्रतिबेदन थियो भने प्रमुख  प्रस्तुत गरेका थिए । संस्थाका कार्यकारी अधिकृत अरुण थापाले आफ्नो प्रतिबद्धता सहितको मन्तब्य राखेका थिए ।

 संस्थाका अध्यक्ष के.सी.ले संस्थप्रति सदस्यहरुले देखाएको विश्वास र सद्भावले एक्सप्रेस साकोसले समाजमा छुट्टै पहिचान  बनाउन सकेको बताए । उनले सदस्यहरु माझ सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको समेत जनाए । उनले सो अवसरमा  सम्पूर्ण सदस्यहरु, सरोकारवाला निकाय र सदस्यहरु सबैलाई हार्दिक आभार ब्यक्त गरे । अध्यक्ष के.सी.ले ऐन–नियम र विनियमको परिधिमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता समेत जनाए । अध्यक्ष के.सीले संस्थालाई वित्तीय रुपमा ठुलो बनाउने भन्दा पनि सदस्यहरुको माझमा स्वस्थ र सुरक्षित संस्थाको रुपमा पहिचान कायम गरि सहकारीका मुल्य, मान्यता र सिद्धान्तलाई परिपालना गर्दै अगाडि बढ्ने बताए । उनले 
राज्यद्धारा निर्देशित ऐन कानुनको दायरमा रहि संस्थालाई जिवन्तता प्रदान गर्नु नै मुल उद्देश्य रहेको भन्दैत्यसका लागि संस्थाले सदैव प्रयासरत रहेको बताए ।  

\संस्थाको आ.व. ०८१\०८२ को अन्त्यसम्म कुल सम्पत्ति तथा दायित्व रु.१७ करोड ३६ लाख  रहेको छ । संस्थामा शेयर पूँजी १ करोड ७७ लाख ६८ हजार रहेको छ । पल्र्स अनुसार संस्थामा ३३.५२ प्रतिशत  तरलता ब्यबस्थापन रहेको छ भने संस्थागत पूँजी १४ प्रतिशत माथि रहेको छ । संस्थाको बाह्य सापटी शुन्य रहेको छ भने यस आ.व.मा संस्थाले संचालन मुनाफा रु.४८ लाख ४१ हजार गरेको छ । संस्थाले जगेडा लगायत अन्य कोष हिसावहरुमा आ.व. को अन्यसम्ममा रु. ३ करोड ३४ लाख ९६ हजा सफल भए पु¥याउन सफल भएको छ । संस्थाले आ.व. २०८१\०८२ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई २० लाख २६ हजार बराबरको करमा योगदान गरेको छ । साधारण सभामा सदस्यहरुसँग छलफल तथा अन्तरक्रिया गरी गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन र यस आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पारित गरेको थियो ।