आइतबार, कार्तिक ९ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेको साधारण सभा असोज ४ गते, सूचना सहित


भाद्र ३०, २०८२ सोमबार
जिल्ला सहकारी संघ काभ्रेको साधारण सभा असोज ४ गते, सूचना सहित


जिल्ला सहकारी संघ काभ्रेको ४४ औं बार्षिक साधारण सभा तथा ५८ औं स्थापना दिवस आगामी असोज ४ गते हुने भएको छ । संघले गत भाद्र २६ गते साधारण सभाको मिति तय गरेको भए पनि जेनजी आन्दोलन पश्चात सरकारले लगाएको कफुर्य र निषेध्याज्ञाका कारण स्थगन गरेको थियो ।

संघले आज एक सूचना जारी गर्दै आगामी असोज ४ गते साधारण सभा गर्ने निर्णय गरेको जनाएको छ । साधारण सभामा संघमा आवद्ध सम्पूर्ण सदस्य संस्थाहरुलाई सक्रिय रुपमा सहभागिताको लागि संघले आव्हान गरेको छ । साधारण सभा संघको केन्द्रीय कार्यालयमा  हुने भएको छ ।  भाद्र २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असोज ४ गते साधारण सभा गर्न लागेको संघका  सिईओ अनिल कुमार श्रेष्ठले बताए । 

download (1).jpeg