आइतबार, कार्तिक ९ गते २०८३

पोखरा रोयल साकोसका सदस्यले दृष्टि आँखा अस्पतालमा उपचार गर्दा ३० प्रतिशतसम्म छुट पाउने


भाद्र १७, २०८२ मंगलबार
पोखरा रोयल साकोसका सदस्यले दृष्टि आँखा अस्पतालमा उपचार गर्दा ३० प्रतिशतसम्म छुट पाउने

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था र  दृष्टि आँखा अस्पतालबिच सम्झौता भएको छ । सदस्यहरुले उक्त अस्पतालमा उपचार गर्दा   १० देखि ३० प्रतिशत छुट पाउने भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ र दृष्टि आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

सम्झौतामा पोखरा रोयल सहकारीका सदस्यहरुले अस्पतालको सेवा लिए बापत ओपिडिमा १० प्रतिशत, चेकजाँच र प्रयोगशाला सेवामा २५ प्रतिशत, चश्मा र चश्माजन्य सामाग्रीमा ३० प्रतिशत तथा फार्मेशी सेवामा १० प्रतिशतसम्म छुट पाइने जनाइएको छ । सुखी सदस्य, दिगो सहकारीको परिकल्पना साकार गर्ने दिशामा यो सम्झौता अर्को महत्वपूर्ण उपलब्धि भएको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

सम्झौता कार्यक्रममा संस्थाका सदस्य सेवा विभागका प्रमुख अभिषेक गुरुङले आफ्ना सदस्यहरुको स्वास्थ्य, सुरक्षा, सहजता र सुविधालाई सधैँ पहिलो प्राथमिकतामा राखी सदस्यलाई सहुलियत दिने कार्यलाई निरन्तरता दिने बताए ।

पोखरा रोयल सहकारी संस्था संगको सहकार्य फलदायी र दिगो हुने विश्वास लिदै सहकारी संस्थाको परिचय खुल्ने कुनै एक आधार लिएर आउने हरेक सदस्यलाई सम्झौतामा उल्लेख भए बमोजिम छुट दिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत गोकर्ण क्षेत्रीले जानकारी दिए ।

यसअघि पोखरा रोयल साकोसले आफ्ना सदस्यलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुुलियत प्रदान गर्ने उद्देश्यका साथ ह्याप्पी फेस एस्थेटिक क्लिनिक पोखरासँग पनि द्धिपक्षीय सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार अस्पतालको सेवा लिए वापत संस्थाका सदस्यहरुलाई फार्मेसीमा १० प्रतिशत, छाला सम्बन्धी उपचार प्रक्रियामा ५० प्रतिशतसम्म र निशुल्क दन्त परामर्श तथा दन्त सेवाहरुमा २५ प्रतिशतसम्म छुट दिएको छ ।