आइतबार, कार्तिक ९ गते २०८३

गाम्चा साकोसद्वारा ३३ जना विद्यार्थीलाई एस ई.ई.सम्मान


भाद्र १५, २०८२ आइतबार
गाम्चा साकोसद्वारा ३३ जना विद्यार्थीलाई एस ई.ई.सम्मान


सूर्यविनायक नगरपालिका वडा न.४ गाम्चामा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यका छोराछोरीलाई सम्मान गरेको छ । संस्थाले २०८१ सालको एस ई. ई. परिक्षामा उत्तीर्ण भएका ३३ जना छात्रछात्रालाई सम्मान गरेको हो । संस्थाका अध्यक्ष विकास खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई नगद,माला र प्रशंसापत्र प्रदान गरिएको थियो ।

विद्यार्थीहरुको लागि  नगद सम्मानको व्यवस्था “स्व.रामकृष्ण उमादेवी खड्का अक्षयकोष २०७९” ले गरेको थियो। संस्थाका सचिव विदुर खड्काले कार्यक्रमको सञ्चालन गरेका थिए । सम्मान कार्यक्रममा  सञ्चालक समिति, कर्मचारी र विद्यार्थीका अभिभावकहरुको  समेत उपस्थिति रहेको थियो । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले उमेर समुह अनुसार विभिन्न कार्यक्रम आयोजना गरी सम्मान गर्ने गरेको छ ।

संस्थाले एक्कल महिला, जेष्ठ सदस्य र फरक शारिरिक क्षमता भएका सदस्यहरुलाई समेत सम्मान तथा आर्थिक सहयोग गर्दै आएको अध्यक्ष खड्काले जानकारी दिए । संस्थाले आफ्नै सुविधा सम्मन्न भवनको निर्माण गरी सदस्यहरुलाई सहज र  आधुनिक  तरिकाले वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

541286372_122271300110032372_7313469227175946882_n.jpg
 

539944255_122271305144032372_2083735285803769636_n.jpg