आइतबार, कार्तिक ९ गते २०८३

मितेरी सहकारीले मनायो १९ औं स्थापना दिवस, २० करोड माथि कुल सम्पति पुर्‍याउन सफल


भाद्र ८, २०८२ आइतबार
मितेरी सहकारीले मनायो १९ औं स्थापना दिवस, २० करोड माथि कुल सम्पति पुर्‍याउन सफल


इन्द्रसरोवर गाउँपालिका ५ फाकेलमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाले १९ औ स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष धनराज मर्हजनको अध्यक्षता तथा सोही गाउँपालिकाका निवर्तमान अध्यक्ष जीवन लामाको प्रमुख आथित्यतामा संस्थाले स्थापना दिवस मनाएको हो ।  

स्थापना दिवसको अवसरमा संस्थाले सञ्चालनमा ल्याएको आधारभूत कम्युटर कक्षाको समापन कार्यक्रम समेत गरेको छ । कम्प्युर कक्षा सहभागिहरुलाई सो अवसरमा प्रमाण पत्र समेत प्रदान गरिएको थियो । संस्थाले गत आर्थिक बर्ष २०८१÷८२ मा सदस्यले गरेको वित्तीय कारोबारको आधारमा विभिन्न विधामा सम्मानको लागि नाम समेत घोषणा गरेको छ । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष,सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति, कर्मचारी र सदस्यहरुको उपस्थिति रहेको  थियो ।

२०६४ सालमा स्थापना भएको उक्त संस्थाले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणको लागि निरन्तर कार्य गर्दै आएको छ । ‘सदस्य केन्द्रीत सुशासित मितेरीमा आवद्ध,सम्वृद्ध व्यवसायिक उद्यमशीलतामा समतामुलक संरचनाको प्रतिवद्धता’ भन्ने ध्येयका साथ संस्थाले सदस्यहरुलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाका व्यवस्थापक सरोज थापा मगरले सदस्यहरुमा सीप विकास गरी स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए ।

6b2cafc2-4991-4fa5-ad46-907a57d5c158.jpeg

उनले सदस्य सुरक्षा तथा हेरचाह कार्यक्रममार्फत् सदस्यहरुलाई विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिए । सदस्यहरुलाई सहुलियत ब्याजदरमा ऋण लगानी गरी उनीहरुको आय आर्जनमा संस्थाले सहयोग पु¥याएको उनको भनाई छ ।  मितेरी युवा क्लबको नामबाट सुरु गरिएको कल्याणकारी कोषलाई २०६४ सालमा सहकारीमा रुपान्तरण गरिएको उनले बताए । २८ जना शेयर सदस्य र ५६ सय पुँजीबाट सुरु भएको संस्थामा अहिले कुल सम्पत्ति २० करोड ९३ लाख पुगेको छ । हाल संस्थामा २ हजार १३५ जना सदस्य आवद्ध रहेका छन।

87bd46a2-0eb3-413f-a1b5-0af724a70a29.jpeg

सो अवसरमा ऋण सदस्य राजकुमार बलामीलाई बीमा बापतको १ लाख ६०  हजारको चेक हस्तान्तरण गरिएको थियो । 

72433c7e-04ea-4335-b71a-d0f67c78162e.jpeg