आइतबार, कार्तिक ९ गते २०८३

तिजको अवसरमा बर्दिवास साकोसद्वारा सदस्य बिस्तारित भेला आयोजना


भाद्र ८, २०८२ आइतबार
तिजको अवसरमा बर्दिवास साकोसद्वारा  सदस्य बिस्तारित भेला   आयोजना

 बर्दिवास महोत्तरीमा रहेको बर्दिवास बचत तथा ऋण सहकारी सस्थाले सदस्य बिस्तारित भेला तथा तिज कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको पर्व बचत योजनामा सहभागि महिला सदस्यहरुको लागि बिस्तारित भेला तथा तिज बिशेष कार्यक्रम गरेको हो ।

कार्यक्रम सस्थाको महिला उपसमिति संयोजक सरिता गौतमको अध्यक्षतामा सस्थाका वरिष्ठ उपाध्यक्ष राम नरेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सस्थाका संचालक, लेखा सुपरिवेक्षण समिति, महिला उपसमिति, विभिन्न उपसमितीका सदस्यहरु तथा कर्मचारिहरु समेत करिव सयजना महिला सदस्यहरुको सहभागिता रहेको संस्थाका मुख्य ब्यवस्थापक रमेशबहादुर सिंहले जानकारी दिए ।

संस्थामा ३ हजार ६ सय सदस्य कुल सदस्य मध्ये १ हजार ५८५ जना महिला सदस्य रहेका छन् । संस्थामा २ करोड ३८ लाख ४३ हजार सेयर पूँजी, १ करोड ५६ लाख ८३ हजार जगेडा कोष र २ करोड ८२ लाख ३८ हजार अन्य कोषमा रहेको छ ।

२३ करोड ६३ लाख १६ हजार कूल सम्पति सहेको संस्थाको १ करोड ५६ लाख ८३ हजार संस्थागत पूँजी रहेको छ । संस्थाले १६ करोड ८६ लाख २७ हजार बचत संकलन गरी १७ करोड २५ लाख २४ हजार ऋण लगानीमा रहेको जनाएको छ । संस्थामा ५६७ जना ऋणी सदस्य रहेका छन् ।