आइतबार, कार्तिक ९ गते २०८३

महाहर्षित साकोसको दोस्रो साधारण सभाः सदस्य सन्तुष्टि स्तर ८० प्रतिशत पुर्‍याउने लक्ष्य


भाद्र ७, २०८२ शनिबार
महाहर्षित साकोसको दोस्रो साधारण सभाः सदस्य सन्तुष्टि स्तर ८० प्रतिशत पुर्‍याउने लक्ष्य


काठमाडौंको पुरानो सिनामंगलमा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले एकीकरणपछि दोस्रो साधारण सभा सम्पन्न गरेको छ । संस्थाले यस आर्थिकको सुरुवातमा नै लेखा परीक्षण गरी साधारण सभा सम्पन्न गरेको हो । सहकारी ऐन २०७४ ले सहकारी संघ संस्थाहरुलाई आर्थिक बर्ष सुरु भएको ६ महिनाभित्र बार्षिक साधारण सभा गरिसक्नुपर्ने कानुनी व्यवस्था गरेको भए पनि संस्थाले भने भाद्र महिनाको पहिलो सातामा नै साधारण सभा सम्पन्न गर्न सफल भएको हो । साधारण सभालाई सदस्य केन्द्रीत बनाउने उदेश्यले संस्थाले विगतका बर्षहरुदेखि नै अतिथि र भाषाण विहिन बनाउदै लगेको छ । 

साधारण सभामा शुभकामना मन्तव्य राख्दै संस्थाका सल्लाहकार तथा प्रा.डा.भिम प्रसाद न्यौपानेले पुँजी घरभित्र निर्माण हुने र उक्त पुँजीलाई सहकारी मार्फत एकीकृत गरी  आय आर्जनको क्षेत्रमा लगानी गर्न सकिने बताए । उनले पुँजी जो हो, जसले अर्को पुँजी निमार्ण गर्ने भन्दै सहकारी नै पुँजी निर्माणको माध्यम भएको बताए । प्रा डा. न्यौपानेले सहकारीमार्फत् स सानो बचत संकलन गरी भविष्यमा ठुलो पुँजी निर्माण गर्न सकिने र उक्त पुँजीलाई उत्पादन तथा आयमूलक क्षेत्रमा लगानी गरी रोजगारीका अवसर सृजना गर्न सक्ने धारणा राखे । 
सभामा तत्कालिन हर्षित साकोसका अध्यक्ष तथा संस्थाका सल्लाहकार खडानन्द ढकालले महाहर्षित सहकारीमा स्थानीयहरुको सहभागिता रहेकाले बचतको सुरक्षामा कुनै शंका नगरी ढुक्क भएर बचत गर्न आग्रह गरे । उनले बचत,शेयर पुँजी,जगेडा कोष, संस्थागत पुँजी, ऋण लगानी र असुलीको अवस्थाले संस्थाको समग्र चित्रण गर्ने भन्दै महाहर्षित साकोसको समग्र अवस्था मजवुद रहेको बताए । संस्थागत पुँजी बलियो रहेकाले सामान्य अवस्थामा संस्था नढल्ने उनको भनाई छ । यो संस्थालाई  बैंकको विकल्प बनाइने भन्दै उनले सहकारीमार्फत् नै सदस्यको समृद्धिको यात्रा तय हुने उल्लेख गरे । कुनै समय यस क्षेत्रका वासिन्दाले वित्तीय सेवा लिन बानेश्वरसम्म जानुपर्ने बाध्यता रहेका अवस्थामा सदस्यहरुलाई घरदैलोमा नै  वित्तीय सेवा प्रदान गर्न सहकारी स्थापना गरेको साधारण सभामा उनले जानकारी दिए ।

संस्थाका अध्यक्ष बाल कुमार बास्तोलाले मुलुकको आर्थिक, सामाजिक तथा नीतिगत परिपेक्ष्यमा सहकारी क्षेत्रले विभिन्न चुनौतीहरुको सामना गर्नु परेको बताए । अध्यक्ष बास्तोलाले पछिल्लो समय केहि सहकारी संस्थामा देखिएको वित्तीय अपचलन र सदस्यको बचत फिर्ताको समस्याले यो क्षेत्र संवेदनशील र जटिल बन्दै गएको साधारण सभा उल्लेख गरे ।  सभामा उनले सदस्यहरुले दिएको सुझावलाई सञ्चालक समितिले पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाए । सरकारले जारी गरेको निर्देशन र मापदण्डलाई पालना गरी संस्था अगाडि बढेको उनले सभामा बताए । यस बर्ष मात्रै सरकारले सहकारीका लागि ५ वटा नियमनकारी निकाय गठन गरेको भन्दै  उनले नियमनले मात्र सहकारी क्षेत्र बलियो नहुने बताए ।  प्रवर्दन र सम्वर्दनको काम घटेर गएको अवस्थामा सहकारी क्षेत्र कसरी बलियो हुन्छ भन्ने प्रश्न उनको छ ।

सरकारले पछिल्लो समय ल्याएको ऐन कानुनका साथै संरचनागत व्यवस्थाले अबका दिनमा संस्था सञ्चालनमा पारदर्शिता, वित्तीय अनुशासन,सदस्यप्रतिको दायित्व र विश्वासमा ठुलो फड्को मार्ने उनको भनाई छ । आर्थिक कारोबारमा आएको मन्दी, जनमानसमा ऋण तिर्न सक्ने क्षमतामा आएको ह«ास र बजारको उत्तरचढावले व्यापार व्यवसाय संकटमा पर्दा सहकारी मार्फत् गरिएको लगानी सुरक्षित गर्न समेत गाह«ो भएको अनुभव उनले सभामा सुनाए । कठिन चुनौतीका बाबजुद पनि संस्थालाई संयमताका साथ अगाडि बढाइएको र वित्तीय पारदर्शिता ,सदस्य केन्द्रीत सेवा,जोखिम न्युनिकरणका लागि उच्च व्यवस्थापन र दीर्घकालीन सोचका आधारमा अघि बढेकाले संस्था बलियो बन्दै गएको अध्यक्ष बास्तोलाले सभालाई जानकारी दिए । संस्थाले सम्पत्ति शुद्धिकरण कार्यविधि २०८१ लागु गरी गोएमएलमा दर्ता भई नियामक निकायमा सीमा कारंोबार पेश गरिएको र सो अवधिमा कुनै शंकास्पद कारोबार नभेटिएको उनले बताए । संस्थाले सदस्यहरुलाई प्रविधिमैत्री सेवा प्रदान गर्ने उदेश्यले क्युआर, एसएमएस तथा फन्ड ट्रान्सफर जस्ता सेवा प्रदान गर्दै आएको उनले बताए ।

DSC_6052 (1).JPG

शेयर पुँजी,नियमित बचत र सेवा शुल्कको माध्यमबाट जगेडा कोषलाई मजवुत बनाउन लागि परेको उनले सभामा जानकारी दिए । संस्थाले सदस्यहरुको हितलाई प्राथमिकतामा राखेर वित्तीय सेवा प्रदान गर्दै आएको र सदस्यहरुको आवश्यकता अनुसार लघु,आपतकालीन,महिला तथा युवा लक्षित ऋण लगानी गर्दै आएको छ । त्यसका साथै सदस्यहरुलाई कृषि,पशुपालन,साना उद्यम र व्यवसायमा संलग्न गराई उनीहरुलाई स्वरोजगार बनाउन सहज रुपमा संस्थाले ऋण लगानी गर्दै आएको छ । समुदायका महिला,युवा र सबै वर्गका व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी संस्थाले सदस्यता वृद्धि गर्दै लगेको छ ।

संस्थाले आर्थिक बर्ष २०८१\२८ को असार मसान्तसम्म शेयर पुँजी ५ करोड ८६ लाख,जगेडा तथा अन्य कोष २ करोड ८० लाख,बचत २३ करोड ४१ लाख, ऋण लगानी २० करोड ६३ लाख गरी कुल सम्पत्ति ३१ करोड माथि रहेको छ । संस्थाले यस आर्थिक बर्षमा शेयर पुँजी ६ करोड,बचत संकलन २५ करोड र ऋण लगानी २६ करोड पु¥याउने लक्ष्य संस्थाको रहेको छ । सदस्य संख्या ७ सय पु¥याई उनीहरुको सन्तुष्टिको स्तरलाई ८० प्रतिशत माथि राख्ने संस्थाको लक्ष्य छ । सभामा लेखा सुपरीवेक्षण सतितिका विनोद पराजुलीले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानी गर्दा कानुनी र कागजी प्रक्रियाका पुरा गर्नका साथै असुलीमा विशेष ध्यान दिन सुझाव दिएका छन् । साधारण सभामा ८० प्रतिशत सदस्यको उपस्थिति रहेको थियो ।  साधरण सभापछि महिला सदस्यहरुको लागि संस्थाले तीज विशेष कार्यक्रम समेत आयोजना गरेको थियो । 

DSC_6186.JPG