आइतबार, कार्तिक ९ गते २०८३

धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको व्यवस्थापकमा धौबन्जार नियुक्त


भाद्र ७, २०८२ शनिबार
धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघको व्यवस्थापकमा धौबन्जार नियुक्त

धादिङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख व्यवस्थापकमा कवीन्द्र धौबन्जार नियुक्त भएका छन् । धौबन्जारलाई गत भाद्र ४ गते देखि लागु हुने संघको प्रमुख व्यवस्थापक  नियुक्ती गरिएको  हो ।

धौबन्जारले यस अघि भक्तपुरमा रहेको सामुहिक बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक र चन्द्रागिरिमा रहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् । उनले काम गरेका दुबै सहकारी संस्था समुदायमा आधारित भई मुलुककै उत्कृष्ट संस्थाको रुपमा दर्ज बनाएका छन् । व्यवस्थापक धौबन्जार सहकारी क्षेत्रको बारेमा राम्रो दखल राख्छन् भने सहकारी संघ संस्थालाई मुल्य, मान्यता र सिद्धान्तमा आधारित भई सञ्चालन गर्नुपर्नेमा जोड दिन्छन् ।

संस्थाका अध्यक्ष  सीता दुवाडीले नियुक्ति पत्र प्रदान गर्दै  नव नियुक्त प्रमुख व्यवस्थापकलाई  बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गरिन् । साथै संघमा विगत ५ वर्ष देखि प्रमुख व्यवस्थापकको रुपमा सेवा गरेका  गोकर्ण दुवाडीले संघलाई पुर्याएको  योगदानको उच्च सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना साथ विदाई  गरिएको थियो ।