आइतबार, कार्तिक ९ गते २०८३

पाँच तारा सहकारीद्वारा तीज विशेष तथा महिला सशक्तिकरण कार्यक्रम आयोजना


भाद्र ६, २०८२ शुक्रबार
पाँच तारा सहकारीद्वारा तीज विशेष तथा महिला सशक्तिकरण कार्यक्रम आयोजना

पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले आज महिला सदस्य सशक्तिकरण तथा तीज विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । संस्थामा आवद्ध महिला सदस्यहरुलाई लक्षित गरी संस्थाले उक्त कार्यक्रम आयोजना गरेको हो । महिला सदस्यहरुलाई तीजको अवसरमा मनोरञ्जन दिनुका साथै उनीहरुलाई सहकारीका बारेमा केहि कुरा जानकारी दिने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष भोला नाथ पाठकले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै सदस्यहरुलाई खुशी भएर कार्यक्रममा रमाउन आग्रह गरे । जीवनमा सधै खुशी हुने मौका नआउने भन्दै उनले मौका मिल्दा एक अर्कामा खुशी साट्न र रमाएर जिन्दगी बिताउन अभिपे्ररित गरे । तीजलाई खाने लगाउने कुरामा मात्र खर्च नगरी सदस्यहरुलाई सशक्तिकरण गर्ने उदेश्य समेत कार्यक्रमको रहको अध्यक्ष पाठकले बताए । उनले सांस्कृतिक हिसाबले शहरी क्षेत्रमा तीजको मौलिकता क्षयिकरण हुँदै गएको भन्र्दै तीजलाई भड्किलो बनाउन नहुने बताए । महिलाहरुले संसारलाई परिवर्तन गर्न सक्ने सामथ्र्य राख्ने उल्लेख गर्दै घरको एक जना महिला  शिक्षित हुँदा सिंगो परिवार नै शिक्षित हुने उनले बताए । त्यसैगरी महिला सदस्यहरु संस्थाका बारेमा सचेत हुँदा तपाईहरुबाट नै सहकारीको सचेतना फैलाउन सकिने उनको भनाई छ । घरपरिवार देखि संस्थामा समेत महिला सदस्यहरुको भूमिका महत्वपूर्ण हुने र संस्थामा पनि पुरुषको तुलनामा महिला सदस्य सक्रिय रहेको भन्दै प्रशंसा गरे ।

अध्यक्ष पाठकले सदस्यहरुले संस्थाले सञ्चालनमा ल्याएको विभिन्न बचत खातादेखि समय समयमा गरिने कार्यक्रममा सक्रिय सहभागि भएर योगदान गरिराखेको बताए । उद्यम खातालाई निरन्तर अगाडि बढाउने र सदस्यको बचतबाट ५ करोड तथा संस्थाबाट ५ करोड थप गरी कुनै व्यवसाय गर्ने योजना रहेको उनले जानकारी दिए । सहकारीले बचत लिने र ऋण लगानी गर्ने मात्र काम गर्यो भन्ने आरोप लागि राखेको बेला संस्थाले भने उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको उनले बताए । अध्यक्ष पाठकले संस्थाले अगाडि सारेको योजनालाई सफल बनाउन सदस्यहरुको सहभागिताको लागि आव्हान गरे । राष्ट्रिय सहकारी महासंघले सहकारीमा डिप्लोमा कोर्ष सञ्चालन गरेको जानकारी दिँदै इच्छुक सदस्यहरुलाई अध्ययन गर्न उनले सुझाव दिए ।

महिला सशक्तिकरणको यो पनि एउटा माध्यम भएको उनले बताए । संस्थाकी महिला समिति संयोजक बिन्दा कुँबरको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति, सल्लाहकार वर्ग, कर्मचारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सहकारी भनेको सदस्यको लागि भएको भन्दै व्यवस्थापक राधा कडरियाले उनीहरुलाई लक्षित गरी विभिन्न समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको बताइन् । तीज विशेष कार्यक्रममा सदस्यहरुले एक्कल नृत्य समेत प्रस्तुत गरेको उनले बताइन् । कार्यक्रमले सदस्यहरुमा खुशी थपेको भन्दै उनले सामुहिक रुपमा तीज कार्यक्रम मनाउँदा फजुल खर्च समेत कम जनाइन् । कार्यक्रमबाट सदस्यहरु खुशी र सन्तुष्ट भएको उनले बताइन् ।