आइतबार, कार्तिक ९ गते २०८३

कर्मणा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान तथा अपांग सेवा संस्थालाई खाद्यन्न सहयोग


भाद्र ६, २०८२ शुक्रबार
कर्मणा सहकारीद्वारा स्थापना दिवसमा रक्तदान तथा अपांग सेवा संस्थालाई खाद्यन्न सहयोग


ललितपुरको सातदोबाटोमा रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । संस्थाले २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा ३० जना रक्तदाताले रक्तदान गरेका थिए । 

संस्थाले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा सञ्चालक समिति, कर्मचारी, सदस्य र स्थानीयवासीहरुले रक्तदान गरेका थिए । ‘रक्तदान जीवनदान’ भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमबाट विरामीहरुलाई अत्यावश्यक पर्ने रगत अभावलाई केहि मात्रामा भएपनि पुरा गर्न सहयोग मिलेको छ । त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसरमा  सामाजिक उत्तरदायित्व अन्तर्गत अपांग सेवा सस्था बुङमतिका बालबालिकाहरूलाई खाद्यन्न लगायत अन्य सामाग्री सहयोग गरेको छ ।

संस्थाले विगत २५ बर्षदेखि सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रहेर सदस्य र समुदायको आर्थिक तथा सामाजिक रुपान्तरणमा योगदान पु¥याउँदै आएको छ । मुलुकमा आएको आर्थिक मन्दी र वित्तीय संकटकाबिचमा पनि सदस्यहरुको विश्वास जित्न सफल भएका कारण  वित्तीय समस्याको सामना गर्नु नपरेको   संस्थाले जनाएको छ । संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई सरल र सहज रुपमा वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थामा २ हजार ३ सय सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ६५ करोड पुगेको छ । 

536268184_2612729205748277_6183941410163249732_n.jpg