आइतबार, कार्तिक ९ गते २०८३

श्री सृजना महिला साकोसले मनायो २६ औं स्थापना दिवस, कुल सम्पत्ति १३ करोड माथि

भाद्र ५, २०८२ बिहीबार
श्री सृजना महिला साकोसले मनायो २६ औं स्थापना दिवस, कुल सम्पत्ति १३ करोड माथि


श्री सृजना महिला बचत तथा ऋण सहकारी संस्थाले २६ औं स्थापना दिवस मनाएको छ । मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा रहेको उक्त संस्थाले २६ औं स्थापना दिवस मनाएको हो । संस्थाले स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो कार्यक्षेत्र भित्र विभिन्न ठाउँमा जानकारीमूलक वोेड राखेको छ । २०५६ सालमा स्थापना भएको उक्त संस्थाले त्यस क्षेत्रका महिला सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणका साथै नेतृत्व विकासमा समेत उल्लेख भूमिका खेल्दै आएको छ ।

संस्थाका व्यवस्थापक सुनिता कार्कीका अनुसार यस आर्थिक बर्षको साउन महिनासम्म १ हजार ८७ जना सदस्य आवद्ध रहेका छन् । संस्थाको शेयर पुँजी १ करोड १९ लाख ३० हजार,जगेडा कोष १ करोड ३२ लाख ९९ हजार र कुल संस्थागत पुँजी १ करोड ४१ लाख ३४ हजार पुगेको उनले जानकारी दिइन् । संस्थाले गत साउनसम्म १० करोड १० लाख बचत संकलन गरी ९ करोड ३३ लाख ऋण लगानी गरेको छ ।

संस्थाबाट ५ सय ५७ जना महिला सदस्यहरुले ऋण लिई विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । संस्थामा तरलता रकम  ३९ प्रतिशत माथि रहेको छ भने कुल सम्पत्ति १३ करोड ७९ लाख १० हजार पुगेको छ । संस्थागत पुँजी बलियो रहेको उक्त संस्थाले सहकारी मुल्य,मान्यता र सिद्धान्तलाई आत्मसात गरी अगाडि बढेको छ ।