आइतबार, कार्तिक ९ गते २०८३

वीरेन्द्रनगर साकोसका सिईओ थापा बने कर्णाली प्रदेशको उत्कृष्ट व्यवस्थापक


भाद्र १, २०८२ आइतबार
वीरेन्द्रनगर साकोसका सिईओ थापा बने कर्णाली प्रदेशको उत्कृष्ट व्यवस्थापक

वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्र बहादुर  थापा उत्कृष्ट व्यवस्थापकको रुपमा सम्मानित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)ले ३८ औं स्थापना दिवसको अवसरमा थापालाई कर्णाली प्रदेशबाट उत्कृष्ट व्यवस्थापक रुपमा घोषणा गर्दै  सम्मानित गरेको हो । नेफ्स्कूनले स्थापना दिवसको अवसरमा सातै प्रदेशका उत्कृष्ट व्यवस्थापक घोषणा गरी सम्मानित  गरेको हो ।

यस बर्षको लागि  सिईओ थापा कर्णाली प्रदेशबाट उत्कृष्ट व्यवस्थापक बन्न सफल भएका हुन् । नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सयुक्त रुपमा थापालाई सम्मानित गरेका थिए । स्नातकसम्मको अध्ययन पुरा गरेका थापासँग सहकारी क्षेत्रमा २४ बर्षको अनुभव रहेको छ । नेफ्स्कूनको यो सम्मानले सहकारी क्षेत्रमा थप क्रियशिल रहन हौसला प्रदान गरेको उनले बताए ।

वीरेन्द्रनगर साकोसमा १९ हजार ३ सय माथि सदस्य रहेका छन् भने गत असार मसान्तमा संस्थाको कुल सम्पत्ति १ अर्ब ४९ करोड पुगेको छ । संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका साथै विभिन्न सेवा समेत प्रदान गर्दै आएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तमा सञ्चालित उक्त संस्था सदस्यहरुको जीवनस्तर परिर्वतन गर्न निरन्तर क्रियशिल रहेको छ । संस्था यस अघि सहकारी एकीकरण विधामा नेफ्स्कूनबाट सम्मानित   भइसकेको छ ।