आइतबार, कार्तिक ९ गते २०८३

नेफ्स्कूनद्वारा बुडोेल सामुदायिकलाई दोस्रो पटक सर्वोत्कृष्ट साकोस सम्मान


भाद्र १, २०८२ आइतबार
नेफ्स्कूनद्वारा बुडोेल सामुदायिकलाई दोस्रो पटक सर्वोत्कृष्ट साकोस सम्मान

बनेपा -६ काभ्रेमा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था  नेफ्स्कून सर्वोत्कृष्ट साकोस सम्मान २०८२ बाट  पुरस्कृत भएको छ ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३८औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा   संस्थाले उक्त पुरस्कार प्राप्त गरेको हो ।

संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको सभापतित्वमा अयोजित कार्यक्रमको प्रमुअ अतिथि भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलरामा अधिकारीले उक्त पुरस्कार प्रदान गरेका थिए । संस्थाका तर्फबाट अध्यक्ष कैलाश केसी, प्रमुख कार्यकारी विवेक राज ठकुरी लगायत संस्थाका सञ्चालक र कर्मचारीहरुले पुरस्कार ग्रहण गरेका थिए । संस्थाले २०७४ सालमा पनि ‘नेफ्स्कून सर्वोत्कृष्ट साकोस’ पुरस्कार पाएको थियो । २०५० सालमा स्थापना भएको बुडोल सामुदायिक साकोसमा १९ हजार ५ सय   सदस्य रहेका आवद्ध छन् ।

२ अर्ब १८ करोड कुल सम्पत्ति रहेको संस्थाको संस्थागत पुँजी १७ करोड मापथ रहेको छ। संस्था स्तरीकरण कार्यक्रम एक्सेसमा आवद्ध भई ब्राण्ड समेत प्राप्त गरिसकेको छ । संस्थाले २०६९ सालमा एक्सेस ब्रोञ्ज ब्राण्ड र २०७२ सालमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरेको थियो । संस्थाले राष्ट्रिय सहकारी महासंघबाट राष्ट्रिय सहकारी व्यवसाय पुरस्कार २०७० समेत प्राप्त गरीसकेको छ ।  संस्थाले सदस्यहरुलाई वित्तीय सेवाका साथै अन्य  राहत समेत प्रदान गर्दै आएको छ । सहकारी मुल्य, मान्यता र सिद्धान्तमा रही सदस्य र समुदायको हितका लागि संस्था निरन्तर क्रियशिल  छ।  संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले पुरस्कृत व्यक्ति र सहकारीका नाम घोषणा गरेका थिए ।