आइतबार, कार्तिक ९ गते २०८३

सामुदायिक साकोसको वार्षिक समीक्षा गोष्ठी , ६० हजार सदस्य ६ अर्ब १८ करोडको वासलात


भाद्र १, २०८२ आइतबार
सामुदायिक  साकोसको वार्षिक समीक्षा गोष्ठी  , ६० हजार  सदस्य ६ अर्ब १८ करोडको वासलात

 काभ्रेको पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको आ.व. ०८१।८२ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।  कार्यक्रममा संस्थाका अध्यक्ष मुकुन्द शर्माले संस्थाको  प्रगतिमा खटिनुहुने समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारी व्यवस्थापन प्रति हार्दीक आभार व्यक्त गर्दै आगामी दिनमा समेत संस्थागत लक्ष्य प्राप्ति निरन्तर लाग्न आग्रह गरे ।

  विषम परिस्थितिमा समेत संस्थाले आफुलाई उत्कृष्ट नतिजा सहित अगाडि बढाउन सकेको छ । आगामी बाटो परिमाणात्मक भन्दा गुणात्मक बृद्धिमा ध्यान दिदै शुद्धिकरण र शुदृढिकरणमा अझ तदारुकताका साथ लाग्नुपर्ने  अतिथिहरुको सुझाव छ ।  संस्थाको आ.व.  संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्थाको समग्र वित्तीय तथा गैर वित्तिय लक्ष्य तथा प्राप्तीका साथै संस्थाले प्रदान गरेका अन्य सेवाहरु संस्थाको आगामी योजना र लक्ष्य प्राप्तीका रणनीति सम्बन्धमा समेत समीक्षात्मक विवरण प्रस्तुत  गरेका थिए । २०८१।०८२ को अन्त्य सम्म ६० हजार ८६६ जना शेयर सदस्यहरु आबद्ध रहेका छन् । रु. ६ अर्ब १८ करोडको वासलात, ४९ करोड शेयर पुँजी, ४५ करोडको जगेडा कोष, १३ करोड अन्य कोषहरु, ४ अर्ब २७ करोड सदस्यहरुबाट निक्षेप संकलन गरी ४ अर्ब ४३ करोड ऋण लगानीमा रहेको छ भने संस्थाले ५ करोड ३२ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

सहकारी नियमन प्राधिकरणबाट जारी निर्देशनुसार २०८२ असार मसान्तको संस्थाको पुँजीकोष ८९ करोड ९५ लाख रहेकोले संस्थाले प्रति ब्यक्ति बचत संकलन रु. ८ करोड ८९ लाख र प्रति ब्यक्ति ऋण लगानी रु . १३ करोड ३४ लाखसम्म गर्न सक्ने क्षमता राख्ने जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताए। कार्यक्रममा संस्थाले उपलव्ध गराउदै आएको राहत कार्यक्रमको विषयमा संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्याम सुन्दर श्रेष्ठले सहभागीहरुलाई अभिमुखिकरण गरेका थिए  भने संस्थाले आ.व .०८१।८२ को वार्षिक कार्ययोजना तथा बजेट बमोजिम कार्यक्रम संचालन गरी प्राप्त भएका  प्रगतिका विषयमा संस्थाका क्लस्टर प्रमुख श्याम सुन्दर श्रेष्ठवाट पनौती क्लस्टरको, जीवन सत्यालवाट बनेपा क्लस्टरको, योग वहादुर सापकोटावाट काठमाण्डौ क्लस्टरको र विनोद सापकोटावाट पुर्वी कल्सटरको लक्ष्य तथा प्रगतीका विषयमा समीक्षात्मक रुपमा प्रस्तुतीकरण गरेका थिए  ।