आइतबार, कार्तिक ९ गते २०८३

मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक बने आइडियल साकोसका साफी


श्रावण ३१, २०८२ शनिबार
मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक बने आइडियल साकोसका साफी

आइडियल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक बिनोद कुमार साफी मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापक बनेका छन् । नेफ्स्कूनले ३८ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा उनलाई मधेश प्रदेशकै उत्कृष्ट व्यवस्थापकको रुपमा पुरस्कृत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उनलाई मधेश प्रदेशको  उत्कृष्ट व्यवस्थापकको  पुरस्कृत प्रदान गरेका छन् । व्यवस्थापक साफी सहकारी क्षेत्रमा विगत १८ बर्षदेखि क्रियशिल छन् । सहकारी मार्फत् सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरण सम्भव भएको बताउँदै उनले समुदायको उन्नतिमा सघाउने उदेश्यले सहकारी क्षेत्रलाई रोजेको प्रतिक्रिया दिए ।

नेफस्कूनले प्रदान गरेको यो पुरस्कारले सहकारी क्षेत्रमा लागि रहन थप उर्जा मिलेको उनले बताए । उनले नेतृत्व गरेको सहकारी संस्थामा १७ हजार ५ सय सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति १ अर्ब ५० करोड माथि पुगेको छ । संस्थाको शेयर पुँजी १ अर्ब २२ करोड, बचत संकलन १ अर्ब १३ करोड र ऋण लगानी ७४ करोड २२ लाख रहेको छ ।