कोअपरेटिभ म्यानेजर्स क्लब, काभ्रेपलाञ्चोकले पाँचौँ स्थापना दिवस मनाएको छ । सो अवसरमा क्लबले “राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा पूँजी कोष व्यवस्थापन” विषयक तालिम कार्यक्रमको आयोजना गरेको हो । क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा एवं राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अथिति तथा प्रशिक्षक गुरागाइले पूँजी कोष व्यवस्थापन सम्बन्धि प्रशिक्षण दिएका थिए । सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन तथा मापदण्डका विषयमा राष्ट्रिय सहकारी बैंकका कार्यक्रम अधिकृत तथा प्रशिक्षक नव कुमार अधिकारीले प्रशिक्षण दिए । कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार विवेक राज ठकुरी र निवर्तमान अध्यक्ष तथा सल्लाहकार मदन बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला सहकारी संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ, बचत संघ काभ्रेको प्रमुख कार्यकारी अधिकृत गुरु ढकालको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ठाकुर नाथ अधिकारीले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव सुवास वैधले गरेका थिए । कार्यक्रममा काभ्रे जिल्ला भरका सहकारीका प्रमुख कार्यकारी अधिकृतहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको प्राविधि सहयोग राष्ट्रिय सहकारी बैक लिमिटेड बनेपा शाखाले गरेको थियो। सहककारी नियमन प्राधिरकणले जारी गरेको निर्देशन तथा मापदण्डमा सहकारी संस्थाहरुले पुँजी कोषको आधारमा बचत तथा ऋणको कारोबार गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अघि सरकारले ऐन संशोधन गर्दै कार्यक्षेत्रको आधारमा बचत लिन पाउने व्यवस्था गरेपछि अभियानको विरोधमा पुँजी कोषको आधारमा बचत लिन तथा ऋण लगानी गर्न पाउने व्यवस्था भएको हो ।
नेपालपत्र संवाददाता