आइतबार, कार्तिक ९ गते २०८३

सिद्धार्थ साकोस स्थापनाको १७ औं बर्षमा, ७.९९ प्रतिशतमा नै सदस्यलाई ऋण दिने


श्रावण २४, २०८२ शनिबार
सिद्धार्थ साकोस स्थापनाको १७ औं बर्षमा, ७.९९ प्रतिशतमा नै  सदस्यलाई ऋण दिने

भक्तपुरको शंखधर चोकमा रहेको सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाले १७ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आथित्यतामा स्थापना दिवस मनाएको हो । 

तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा २०६६ साल श्रावण २३ गते विधिवत रुपमा संस्था दर्ता भई वित्तीय कारोबार गर्न सुरु गरेको उक्त संस्थाले सफलतापूर्वक १६ बर्ष पुरा गरेको छ । संस्थाले स्थापनाकालदेखि नै सहकारी मुल्य, मान्यता  र सिद्धान्तमा रहेर संस्थाको ध्येय, उदेश्य र लक्ष्य अनुसार सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको छ । सदस्यहरुलाई आधुनिक र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा संस्थाले उल्लेख भूमिका निर्वाह गरेको जनाएको छ । त्यसका साथै संस्थाले पर्यावरणिय क्षेत्रमा समेत काम गरी त्यस क्षेत्रको वातवारण सन्तुलन गर्न समेत महत्वपूर्ण योगदान पु¥याएको छ ।

आर्थिक बर्ष २०८१ \ ८२ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड ७७ लाख रहेको छ भने त्यस अवधि कुल सम्पत्ति ४४ करोड माथि पुगेको छ । संस्थामा १ हजार ६४४ जना सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुलाई उतृकष्ट वित्तीय सेवाको अतिरिक्त विप्रेषण सेवा,स्मार्ट बैकिङ्ग सेवा तथा क्युआर कोर्ड,ट्यावलेट बैकिङ्ग र ई टेलर सुविधा सञ्चालनमा ल्याएको छ । सदस्यहरुको विश्वासको कारणले गर्दा नै संस्था वित्तीय रुपमा दरिलो बन्दै गएको र राज्यले अर्थतन्त्रको ३ मध्ये एउटा खब्वाको रुपमा सहकारीलाई लिएको अवस्थामा सोही अनुसार काम गर्दै जाने संस्थाले जनाएको छ ।

सामाजिक समृद्धिको साझेदार भन्ने संस्थाको मुल मन्त्रलाई आत्मसात गर्दै सदा झै आगामी दिनमा पनि संस्थाले सदस्य लक्षित कार्यक्रम गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर सदस्यहरुलाई मझौला व्यवसाय,घर जग्गा खरिद,शैक्षिक ऋण,हायरपर्चेच र  नारी ऋणमा ७.९९ प्रतिशत ब्याजमा  लगानी भएको छ । 

 

05625e79-cdd8-4ede-a305-5c34910e4fa0.jfif