आइतबार, कार्तिक ९ गते २०८३

बुडोल सामुदायिक साकोसद्वारा २०७ जना विद्यार्थीलाई एस.ई.ई. सम्मान


श्रावण १८, २०८२ आइतबार
बुडोल सामुदायिक साकोसद्वारा २०७ जना विद्यार्थीलाई एस.ई.ई. सम्मान

काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको  बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले एस.ई.ई. सम्मान   तथा वृत्ति मार्ग निर्देशन अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको  शिक्षा तथा प्रकाशन उपसमितिको आयोजनामा उक्त कार्याक्रम भएको हो ।

कार्यक्रममा एस.ई.ई परीक्षा २०८१ मा सामेल भई उत्तीर्ण हुने संस्थामा आबद्ध २०७ जना कोपिला बालबचतकर्ताहरुलाई बधाई तथा शुभकामना पत्र, मायाको चिनो, फुलमाला सहित सम्मान गरिएको थियो । सहभागी विद्यार्थीहरुमध्ये सर्वोत्कृष्ट जि.पि.ए. हासिल गर्ने छात्रातर्फ आयुषा गौतम र छात्रतर्फ विश्वास श्रेष्ठलाई नगद रु.५ हजार र सम्मान पत्र समेत प्रदान गरिएको थियो । संस्थाका शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक   गायत्री खड्काको सभापतित्व र संस्थाका अध्यक्ष  कैलाश के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न  भएको हो । उक्त कार्यक्रमको सञ्चालन शिक्षा तथा प्रकाशन उपसमिति सदस्य  तारानाथ बजगाईले गरेका थिए ।

e8affd6c-d89a-468f-9f00-b9a0991ea0b2.jpeg

शिक्षा तथा प्रकाशन उपसमिति संयोजक   गायत्री खड्काले स्वागत मन्तव्य  राखेकी थिइन् । कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समितिका संयोजक  पूर्णबहादुर कार्की, सहकारी अभियन्ता तथा प्रमुख सल्लाहकार रामहरि के.सी., सल्लाहकार भैरव के.सी, पूर्व प्राध्यापक तथा शिक्षाविद् भोलाबहादुर के.सी., चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष के.सी.ले संस्थाको जानकारी सहित शुभकामना मन्तव्य, प्राध्यापक तथा शिक्षाविद्  के.सी.ले शिक्षाको महत्वसहित शुभकामना मन्तव्य र उत्कृष्ट अङ्क हासिल गर्ने छात्रा आयुषा गौतमले आफूले पढ्नको लागि अपनाएका विधिहरु सहित   मन्तव्य राखेका थिए । कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट प्राविधिकहरु मान कुमार राई, रक्षा आचार्य र इन्दु ज्ञवालीले वृत्ति मार्ग निर्देशन सम्बन्धी अभिमुखीकरण गराएका थिए । 

133f85bb-cbb1-42ef-80a8-c9199d48f295.jpeg