लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले सहकारी शिक्षा तथा कानुनी साक्षरता कार्यक्रम आयोजना गरेको छ । संस्थाकी अध्यक्ष हिमाली श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष, विभिन्न उप–समिति, कर्मचारी तथा समूह लिडरहरूको उपस्थितिमा सहकारी शिक्षा तथा ऐन, कानुनमा भएको संशोधनबारे जानकारी प्रदान गरिएको थियो ।
संस्थाकी सचिव सकुन्तला श्रेष्ठले कार्यक्रममको विषयवस्तु माथि प्रकाश पार्दै संस्थाको स्थापनाकालदेखि हालसम्मको प्रगति, सेवा तथा वस्तुहरू, र प्रतिनिधिहरूले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराएकी थिइन् ।
संस्थाका प्रमुख कार्यकारी मनोज रायमाझीले आर्थिक बर्ष २०८१/८२ को बार्षिक समीक्षा तथा आर्थिक बर्ष २०८२/०८३ को कार्य योजना तथा बजेटका बारेमा प्रस्तुतीकरण गरेका थिए । त्यसैैगरी उनले आगामी वर्षका लक्ष्यहरू,सहकारी विभाग तथा राष्ट्र बैंकका निर्देशन,र सहकारी ऐनका संशोधित दफाहरूका बारेमा समेत सो अवसरमा प्रस्तुत गरेका थिए । कार्यक्रममा ७६ जना पदाधिकारी तथा समूह लिडरहरूको सक्रिय सहभागिता रहेको थियो।

नेपालपत्र संवाददाता