जिल्ला सहकारी संघ लि,( डिस्कोफ) काभ्रेले समीक्षा गोष्ठी आयोजना गरेको छ । संघको सभा हलमा संञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार , विभिन्न उपसमिति, र कर्मचारीहरुको सहभागितामा आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समिक्षा एवं आर्थिक बर्ष २०८२/०८३ को नीति, योजना ,कार्यक्रम तथा बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता संधका अध्यक्ष अमन पोटे श्रष्ठले गरेका थिए भने कार्यक्रम संञ्चालन संघका सचिब प्रकाश बञ्जाराले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष शन्ति लामा तामाङले राखेकी थिइन् । गत आर्थिक वर्ष संघले आयोजना गरेको गतिबिधि एवं क्रियाकलाप तथा वित्तीय जानकारी सहित प्रगति विवरण र चालु आर्थिक बर्षका लागि निति,योजना ,कार्यक्रम तथा बजेटको जानकारी सहितको प्रस्तुतीकरण संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गराएका थिए ।
समीक्षा कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्रधिकरणबाट जारी मापदण्ड र यसले पर्ने असहज परिस्थितको बिषयमा छलफल हुनुका साथै आवश्यक संशोधन र परिमार्जन को लागि पहल गरिने निर्णय समेत गरिएको छ ।

नेपालपत्र संवाददाता