आइतबार, कार्तिक ९ गते २०८३

बागमती प्रोस्कूनद्वारा उत्कृष्ट सहकारी अभियन्ता सम्मान महासंघ अध्यक्ष मल्ललाई


श्रावण १३, २०८२ मंगलबार
बागमती प्रोस्कूनद्वारा उत्कृष्ट सहकारी अभियन्ता सम्मान महासंघ अध्यक्ष मल्ललाई


बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि (बागमती प्रोस्कून) ले उत्कृष्ट सहकारी अभियान्ता सम्मान राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई दिने भएको छ । बागमती प्रोस्कूनले पाँचौ बार्षिकोत्सव तथा छैठाैं स्थापना दिवसको अवसरमा अध्यक्ष मल्ललाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेको हो ।

पुरस्कार तथा सम्मान छनोट समितिका संयोजक तथा बागमती  प्रोस्कूनका सचिव ठाकुर बास्कोटाले मल्ललाई सहकारी अभियान्ता सम्मान प्रदान गर्ने जानकारी दिए । त्यसैगरी उत्कृष्ट जिल्ला बचत संघमा काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि (कास्कून), प्रदेश उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था जनमुखी साकोस दोलखा, बचत तथा ऋण सहकारी संस्था (महिला) तर्फ लक्ष्मी महिला साकोस पनौती र पूर्व सञ्चालक सम्मान तेजेन्द्र बहादुर खड्का चितवनलाई दिने घोषणा गरेको छ ।

त्यसैगरी उत्कृष्ट पदाधिकारी एंव सञ्चालक सम्मान बुडोल सामुदायिक साकोस काभ्रेका अध्यक्ष कैलाश के.सी,प्रदेश उत्कृष्ट व्यवस्थापक पुरुषतर्फ ग्रामिण साकोस चितवनका सिताराम सिलवाल र महिलातर्फ जागरण साकोस मकवानपुरकी मेनुका दाहाल तथा पत्रकारिता पुरस्कार मदानी विट काभ्रेका प्रकाशक मोतीराम तिमल्सिनालाई प्रदान गर्ने भएको छ ।

संघको उत्कृष्ट कर्मचारीमा व्यवसाय सहायक रामकृष्ण दुलाल, उत्कृष्ट सेवा उपयोग सम्मान नेचुरल साकोस काठमाडौं, उत्कृष्ट बचतकर्ता सम्मान दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ, उत्कृष्ट लगानीकर्ता सम्मान बिन्धवासिनी साकोस काभ्रे र एकीकरण गर्ने संस्थामा बज्रबाराही बचत तथा ऋण सहकारी संस्था मकवानपुरलाई प्रदान गरिने भएको छ । आज घोषणा गरिएको पुरस्कार तथा सम्मान संघको. आगामी साधारण सभामा प्रदान गरिेने उनले बताए । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघ अध्यक्ष ओमदेवी मल्ल रहेकी थिइन् ।  

525279160_122230768622246977_8243540867422424433_n.jpg