आइतबार, कार्तिक ९ गते २०८३

सहकारीको ऋण असुलीमा समस्या भए कर्जा असुली न्यायाधिकरणमा उजुरी दिन सकिने


श्रावण ८, २०८२ बिहीबार
सहकारीको ऋण असुलीमा समस्या भए कर्जा असुली न्यायाधिकरणमा उजुरी दिन सकिने

सहकारी संघ संस्थाको ऋण असुलीमा समस्या भए अब संस्थाहरुले कर्जा असुली न्यायाधिकरण माफर्त प्रक्रिया अगाडि बढाउन सक्ने भएका छन् । सरकारले केहि समय अगाडि कर्जा असुली न्यायाधिकरण गठन गरेकाले  सहकारी संघ संस्थालाई ऋण असुलीको लागि वैधानिक बाटो खुलेको हो । संघ संस्थाले ऋण असुलीका लागि यथेष्ट प्रयास तथा कारवाही गर्दा समेत ऋण असुली हुन नसकेमा कर्जा असुली न्यायाधिकरणमार्फत प्रक्रिया अगाडि बढाउन सहकारी विभागले भनेको छ ।

विभागले हालै जारी गरेको एकीकृत निर्देशन २०८२ मा संस्था स्वंयले ऋण असुलीको प्रयास गर्दा पनि असुली हुन नसकेको अवस्थामा ऋण असुलीका लागि न्यायाधिकरण समक्ष उजुरी दिन भनिएको छ । सहकारीबाट ऋण लिएर समयमा ऋणको साँवा ब्याज भुक्तानीमा आलटाल गर्ने सदस्यहरुलाई प्रचलित कानुन अनुसार कारवाही गरि ऋण असुली गर्न समेत निर्देशनमा उल्लेख  छ । त्यसैगरी सहकारी संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋण लिँदाको बखतमा तोकिएको शर्त बमोजिम साँवा ब्याजको किस्ता तोकिएकै समयमा तिनुपर्ने  छ ।

सहकारी संघ संस्थाले सदस्यलाई लगानी गरेको ऋण तोकिएको समयभित्र असुल गर्नुपर्ने र ऋण असुलीका लागि संस्थाले प्रचलित कानुन, संस्थाको विनियम र ऋण नीति समेतका आधारमा सम्पूर्ण प्रक्रिया अपनाई यथेष्ट प्रयास गर्नुपर्ने छ । त्यसैगरी सहकारी संघ संस्था वा सदस्यहरुलाई हानी नोक्सानी पु¥याउने उदेश्यले नियम विपरित वा प्रक्रिया नपु¥याई लगानी गरिएको ऋण असुली हुन नसकेमा त्यस्तो निर्णयमा सहभागी हुने पदाधिकारी र सञ्चालक समिति नै जिम्मेवार हुनेछन् ।