आइतबार, कार्तिक ९ गते २०८३

नवजागरण सहकारी संस्थाको बलियो संस्थागत पुँजीे, गत आ.ब.मा १० प्रतिशतले वृद्धि


श्रावण ६, २०८२ मंगलबार
नवजागरण सहकारी संस्थाको बलियो संस्थागत पुँजीे, गत आ.ब.मा १० प्रतिशतले वृद्धि

रामेछापको मन्थलीमा रहेको नवजागरण बचत तथा ऋण सहकारी संस्थाको संस्थागत पुँजीमा वृद्धि भएको छ । संस्थाले प्रकाशित गरेको गत आर्थिक बर्षको असार मसान्तसम्मको वित्तीय विवरणले संस्थागत पुँजीमा वृद्धि भएको देखाएको हो ।

वित्तीय विवरण अनुसार कुल संस्थागत पुँजीमा १० प्रतिशतले वृद्धि भई ७ करोड २२ लाख २२  हजार पुगेको छ । त्यसैगरी संस्थाको शेयर पुँजी ५.९८ प्रतिशतले वृद्धि भई ४ करोड ३० लाख ३१ हजार,जगेडा कोष ९.७० प्रतिशतले वृद्धि भई ६ करोड ९७ लाख ५७ हजार र बचतमा ७५.२५ प्रतिशतले वृद्धि भई ५४ करोड १२ लाख ७७ हजार पुगेको छ ।

त्यसैगरी ऋण लगानीमा ४९.२१ प्रतिशतले कमि भई ३५ करोड ३९ लाख ९२ हजार र वित्तीय लगानीमा ५६.६९ प्रतिशतले वृद्धि भई ३० करोड ६८ लाख ६७ हजार पुगेको छ । १० हजार २ सय सदस्य रहेको संस्थाले ६४६ जना सदस्यलाई मात्र ऋण लगानी गर्न सफल भएको छ । गत आ.ब.मा संस्थाको कुल सम्पत्ति ७१ करोड ९२ लाख ९१ हजार पुगेको छ ।