दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले आर्थिक बर्ष २०८१/८२ को असार मसान्तसम्मको वित्तीय प्रकाशित विवरण गरेको हो । संस्थाले प्रकाशित गरेको विवरण अनुसार शेयर पुँजी ११ करोड २७ लाख २६ हजार,जगेडा कोष ७ करोड २५ लाख ८१ हजार र अन्य कोषहरु १ करोड ८३ लाख १२ लाख पुगेको छ ।
त्यसैगरी गत असार मसान्तसम्म संस्थाले १ अर्ब २१ करोड ७१ लाख ५७ हजार बचत संकलन गरी १ अर्ब ६४ लाख ४७ हजार ऋण लगानी गरी कुल सम्पत्ति १ अर्ब ४४ करोड ९३ लाख २० हजार पुगेको छ । संस्थामा ८ हजार १४३ पुरुष, ८ हजार १०५ महिला र १२० वटा संस्थागत गरी १६ हजार ३६८ सदस्य रहेका छन् । संस्थामा ४ हजार २९७ बाल सदस्य गरी कुल सदस्य संख्या २० हजार ६६५ हजार पुगेको छ । १ हजार ७६९ जना सदस्यले संस्थाबाट ऋण सुविधा उपभोग गरेका छन् ।
संस्थाले गत आ.ब.मा सुत्केरी स्याहार कार्यक्रम बापत ४७ जना सदस्यलाई ९४ हजार र मृत्यु राहतकोष भुक्तानी बापत ४५ जना सदस्यलाई १२ लाख ५० हजार गरी कुल १३ लाख ४४ हजार रकम सदस्यहरुलाई प्रदान गरेको छ ।
नेपालपत्र संवाददाता