आइतबार, कार्तिक ९ गते २०८३

मेची बहुउद्देश्यीय सहकारीको समग्र सुचाङ्कमा वृद्धि


श्रावण १, २०८२ बिहीबार
मेची बहुउद्देश्यीय सहकारीको समग्र सुचाङ्कमा वृद्धि

झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको समग्र सुचाङ्कहरुमा वृद्धि भएको छ । आर्थिक मन्दीका बिचमा पनि आर्थिक बर्ष २०८१÷८२ को असार मसान्तसम्म समग्र सुचाङ्कहरुमा  वृद्धि भएको संस्थाले जनाएको छ ।

संस्थाका प्रमुख कार्यकारी  अधिकृत खोमप्रसाद बगालेले गत आर्थिक बर्षको असार मसान्तसम्म संस्थाको शेयर पुँजी, सदस्य,ऋण लगानी, वासलात र मुनाफामा वृद्धि भएको बताए । गत असार मसान्तसम्म संस्थाले सदस्यतामा ८.९९ प्रतिशत, शेयर पुँजीमा ६.७६ प्रतिशत, बचतमा २३.५२ प्रतिशत,कर्जा लगानीमा ८.०६ प्रतिशत र वासलातमा १७.८३ प्रतिशतले वृद्धि भएको उनले जानकारी दिए । संस्थाले गत आ.ब.मा ८ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाको गत जेठ मसान्तसम्म शेयर पुँजी ३० करोड ५५ लाख, जगेडा कोष २१ करोड ६५ लाख, अन्य कोष ७ करोड २ लाख र कुल बचत ३ अर्ब ७१ करोड ६१ लाख रहेको छ । त्यस अवधिमा संस्थाले ३ अर्ब ५५ करोड ५६ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल सम्पत्ति ४ अर्ब ४६ करोड ९१ लाख  पुगेको छ । संस्थामा १७ हजार ६ सय भन्दा माथि सदस्य रहेका छन् ।

संस्थाले सदस्यहरुका लागि सहुलियत मुल्यमा घर निर्माण गरी हस्तान्तरण गरिसकेको छ भने  पिउने पानी उद्योग समेत सञ्चालनमा ल्याएको छ ।