बुधबार, भाद्र ३ गते २०८३

भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ छन्दोवद्ध अङ्ग्रेजीमा


आषाढ ३१, २०८२ मंगलबार
भानुभक्तको ‘अलकापुरी कान्तिपुरी नगरी’ छन्दोवद्ध अङ्ग्रेजीमा

 

नेपालका बहुभाषिक अन्तर्राष्ट्रिय कवि सन्तोष कुमार पोखरेलले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रख्यात “अलकापुरी कान्तिपुरी नगरी” कविताको आजसम्मकै उत्तम छन्दबद्ध अङ्ग्रेजी अनुवाद गरेका छन् ।  २१२औं भानु जयन्तीको अवसरमा नक्शाल भगवती बहालमा आयोजित ‘शान्ति साहित्य सभा’ घोषणा कार्यक्रममा अङ्ग्रेजीमा प्रस्तुत गरेका थिए । छ वटा विभिन्न भाषामा कलम चलाउने हाम्रा विश्वविख्यात कवि पोखरेलले नेपाली साहित्यको श्रीवृद्धिमा गरेको योगदानका निम्ति कविलाई शुभकामना एवं साधुवाद ! आदिकविको कविता र कवि पोखरेलको अनुवाद दुवै यहाँ प्रस्तुत छ।

The Heavenly Kantipur शीर्षक दिइएको यस छन्दबद्ध अनुवादले विश्वमा आदिकविको कद बढाउन मद्दत मिल्ने विश्वास लिएका छौं।

The Heavenly Kantipur
Bhanubhakta Acharya ( in original Nepali)
[Translation into English by Poet Santosh Kumar Pokharel]

Ladies pert walk their way, graceful and fair, 
Guna kesari blossoms braided in their hair. 
Through paths with mates all around, 
Kantipuri does Amravati sound! 

Who could count its riches? Bliss fills every soul, 
The world’s joys abound here, beyond all control. 
Such splendour brims, so rich and grand, 
Like Heaven, this glorious land! 

Some streets recall Lhasa, London, Peking, 
Some lanes of here do Delhi sing.
Madras, Lucknow, Patna — all here entwine! 
’Tis Alakapuri! Kantipuri divine!

Swords and daggers, khukris gleaming bright, 
Pistols, matchlocks — armed to the height! 
Soldiers that brave dauntless and bold
Guard this city in the way untold! 

Where wrath, greed, and fraud find no hold, 
Tales of sacred faith unfold! 
Pashupati's keeping this holy abode,
Kantipuri the place of Shiva, bestowed.

July 13, 2025 | Bhaktapur, Nepal ©®

[On the auspicious 212th birth anniversary of the first poet of Nepal, Bhanubhakta Acharya, with all humility, I offer my English translation of his poem on timeless beauty of Kathmandu].

 

कान्तिपुरी नगरी

- आदिकवि भानुभक्त आचार्य

चपला अबलाहरु एक् सुरमा,
गुनकेसरीको फुल ली शिरमा।

हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी।।

यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ।

जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी।।

कहिँ भोट र लण्डन चीन सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी।

लखनौं पटना मदरास सरी
अलकापुरि कान्तिपुरी नगरी।।

तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी।

अतिशूर र वीर भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी।।

रिस राग कपट् छल छैन जहाँ,
तब धर्म कती छ कती छ याहाँ ।

पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी।।