आइतबार, आश्विन १८ गते २०८३

सदस्यलाई सम्मानदेखि सामाजिक क्रियाकलाप गरी वीरेन्द्रगर साकोसले मनायो स्थापना दिवस


आषाढ २३, २०८२ सोमबार
सदस्यलाई सम्मानदेखि सामाजिक क्रियाकलाप गरी वीरेन्द्रगर साकोसले मनायो स्थापना दिवस

 वीरेन्द्रगर सुर्खेतमा मुख्य कार्यालय रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था २४औं वर्ष प्रवेश गरेको छ ।  स्थापना दिवसको अवसरमा संस्थाले विभिन्न सामाजिक कार्य आयोजना गरेको छ । स्थापना दिवसका अवसरमा मानव सेवा आश्रम सुर्खेतलाई २१ हजार १११ नगद र खानाका लागि १५ हजाररूपैया सहयोग गरेको छ । त्यसैगरी संस्थाका १३ वटै सेवाकेन्द्रले वृक्षा रोपण, स्वास्थ्य शिबिर, अन्तरक्रिया, सरसफाई, रक्तदान, फलफूल वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको  छ ।

त्यसैगरी मुख्य कार्यालयले  ५ वटै सेवाकेन्द्रको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बमबहादुर बिसीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहको प्रमुख आतथ्यता रहेको थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विगत वर्तमान अवस्था र भावी मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत ग रेका थिए ।  मेहेलकुना सेवाकेन्द्र अन्तर्गत मेहेलकुना अस्पतालमा बिरामीलाई फलफुल बितरण  गरिएको  थियो ।

त्यसैगरी अभ्युदय सेवाकेन्द्र अन्तर्गत बावीयाचौरमा विभिन्न शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान गरिएको  थियो । त्यसैगरी छिन्चु सेवाकेन्द्र अन्तर्गत भेरीगंगा नपा वडा नं १० को बडा कार्यालयमा जनता उधोग, भेरीगंगा जेसिस, भेरीकर्णाली सेनेटरी प्याड उद्योगको समन्वयमा महिलाको पाठेघर चेकजाँच सहित स्वास्थ्य शिबिर कार्यक्रम सम्पन्न गरेको छ । राकम सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यवस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ भने जहरे सेवाकेन्द्रमा बढ्दो सडक दुर्घटना कम गर्न प्रयोग गरिने ट्राफिक सचेतना संकेत बोर्डहरू र सडक डिभाइडर प्रदान गरिएको छ ।

त्यसैगरी वड्डिचौर सेवाकेन्द्र अन्तर्गत शेयर सदस्यहरू तथा सेवाकेन्द्र सञ्चालन ब्यबस्थापन उपसमितिको उपस्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ भने गुटु सेवाकेन्द्र अन्तर्गत चौकुने गापा वडा नं ७ को श्री धामिडाडा सामुदायिक वन उपभोक्ता समूह चौकुने ७ सहिद स्मृति पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । मालिका सेवाकेन्द्र अन्तर्गत ठाँटि बजारमा बजार ब्यबस्थापन समिति, सामुदायिक प्रहरी लगायत सरोकारवाला पक्षहरूको समन्वयमा बजार सरसफाइ लगायतका कार्यक्रमहरू सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा संस्थाले ३५८ जना शेयर सदस्यहरूलाई सम्मानित  गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि शाहले वीरेन्द्रनगर साकोसले कर्णाली प्रदेशमा उत्कृष्ठ काम गरिरहेको र अव कुनै एक बिषयमा बिशिष्टकृत उत्पादनमूलक कार्य ब्रान्ड निमार्ण गर्नुपर्ने सुझाव दिए । संस्थाका अध्यक्ष बमबहादुर वीसीले संस्था स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभुति गराउने प्रयास  गरेको जनाए ।

संस्थाले सदस्यहरुलाई सहज र सरल रुपम वित्तीय सेवा प्रदान गर्ने उदेश्यले मोबाइल बैकिङ्ग, क्यु आर भुक्तानी,एटिएम सेवा तथा इ टेलर सञ्चालनमा ल्याएको छ । ०५८ साल असार २२ गते २७ जना सदस्यहरूका भेलाबाट सहकारी ऐन २०४८ अनुसार सदस्यहरूलाई आफूले आर्जन गरेको आयबाट नियमित रूपमा बचत गर्न उत्प्रेरित गर्ने  उदेश्यका साथ संस्था स्थापना भएको हो ।  त्यसैगरी संस्था मार्फत्  संकलन भएको पुँजीलाई उत्पादनमूलक तथा आवश्यकता टार्न उचित ब्याजदरमा सरल र सुलभ तरिकाले ऋण प्रवाह गरी सदस्यहरूका आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था सुधार गर्ने उद्देश्य संस्थाको रहेको छ। संस्थाले लिएको उदेश्य प्राप्तिमा निरन्तर लागि रहेको र सदस्यलाई पहिलो प्राथमिकतामा राखेर वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गर्दै आएको छ । 

  ‘ दिगो, प्रतिस्प्रर्धि वीरेन्द्रनगर साकोस ’भन्ने परिकल्पनासहित बिभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुदै सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको उनले  बताए । कार्यक्रममा नेफ्स्कूनका सञ्चालक बीरबहादुर रावत संस्थाका सल्लाहकार बिष्णुबहादुर खड्का, उद्दोग वाणिज्य संघ सुर्खेतका अध्यक्ष हर्षबिक्रम खड्का, जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश तिमिल्सैना जिल्ला बचत संघका अध्यक्ष भक्तिप्रसाद सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । 

Picture6.jpg