बुधबार, भाद्र ३ गते २०८३

वैदेशिक रोजगार बीमाबाट कम्पनीहरुले गरे ३ अर्ब १९ करोड बीमा शुल्क संकलन


आषाढ १७, २०८२ मंगलबार
वैदेशिक रोजगार  बीमाबाट कम्पनीहरुले गरे ३ अर्ब १९ करोड   बीमा शुल्क संकलन

चालु आर्थिक वर्षको  जेठ मसान्तसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट बीमा कम्पनीहरुले ३ अर्ब १९ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले  यस अवधिमा २५ लाख ४० हजार बीमालेख सक्रिय रहेको जनाएको छ ।

प्राधिकरणका अनुसार  वैदेशिक रोजगार बीमाको ५९ प्रतिशत हिस्सा  सन् नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ओगटेका छन् । सनले ३०.८९ र एशियनले २८.०६ प्रतिशत हिस्सा ओगटेको तथ्यांकले देखाएको छ । गत जेठ मसान्तसम्म सनले ९८ करोड ६२ लाख र एशियनले ८९ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

  नेपाल लाइफ इन्स्योरेन्स तेस्रो नम्बरमा र नेशनल लाइफ इन्स्योरेन्स चौथो नम्बरमा रहेको छ । ११ महिनामा २२ करोड ६५ रुपैयाँ बीमाशुल्क संकलन गरेर नेपाल लाइफले बजारको ७.१० प्रतिशत हिस्सा ओगटेको छ भने १८ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेर नेशनलले ५. ७५ प्रतिशत हिस्सा ओगटेको छ । हाल नेपालमा ३ लघु जीवन सहित १७ वटा जीवन बीमा कम्पनीहरु रहेका छन् ।