आइतबार, कार्तिक ९ गते २०८३

श्री बाराही साकोसद्वारा एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम आयोेजना


आषाढ १०, २०८२ मंगलबार
श्री बाराही साकोसद्वारा एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम आयोेजना

 
श्री बाराही बचत तथा ऋण सहकारी संस्थाले एक हप्ते सार्वजनिक सम्बोधन कला तालिम  सम्पन्न गरेको छ ।   सदस्य तथा बचत उपसमितिको आयोजनामा संस्थामा आवद्ध सदस्य, समिति, उपसमिति एवं कर्माचारीहरुले आफ्नो मनमा लागेका कुराहरुको सहि तरिकाले प्रस्फुटन गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

  संस्थाका अध्यक्ष राधेश्याम सुवालको प्रमुख आतिथि, व्यवस्थापक शिवजी हाकुदुवाल र प्रशिक्षक रविन्द्र प्रसाद कुसीको आतिथ्यतामा उपसमितिका संयोजक सर्मिला मानन्धरको सभाध्यक्षमा तालिम  कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि संस्थाका अध्यक्ष   सुवालले अहिलेको परिस्थितिमा सहकारी क्षेत्रमा आएको समस्याहरु निराकरण गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरिएको नियमकिय मापदण्डले सहकारी अभियानलाई कमजोर र संकुचनमा ल्याउने  बताए । उनले  राम्ररी संचालन भइरहेका  सहकारी संघ संस्थाहरुलाई पनि  मापदण्डले समस्याग्रत बनाउने सम्भावना रहेको बताए । यस वाककला तालिमबाट सिकेका सिकाई आफ्नो जीवनको हरेक पाइलामा प्रयोग गरेको खण्डमा तालिमको सार्थकता हुने  उनको भनाई छ । संस्थाप्रति सदस्यले राखेको सकारात्मक सोचले गर्दा संस्था यहाँसम्म आइपुगेको र भविष्यमा पनि यस्तै साथ सहयोगको अपेक्षा उनको छ ।

  संस्थाले बचत तथा ऋणको कार्य मात्र  नगरी सामाजिक, साँस्कृतिक, तालिम, शिक्षा, स्वास्थ्य, व्यवसाय आदिको उत्थानको लागि कार्य गर्दै आएको उनको भनाई छ ।  संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले समापन तालिमलाई अझ सार्थकता दिनको लागि ७ “अ” को सिद्धान्तबाट पनि वाक कलालाई  राम्रो गर्न सकिने बताए । संस्थाबाट आयोजित कार्यक्रमको उद्देश्य वित्तिय फाइदाको लागि नभएर सदस्यको व्यक्तित्व विकास गराई अप्रत्यक्ष रुपमा सदस्यहरुलाई आर्थिक उपार्जन गराउने रहेको उनको भनाई छ । सिकेका ज्ञान सिप, कला अरुलाई हस्तान्तरण गरी नयाँ व्यवहार र सँस्कृति विकास गर्नुपर्ने धारणा उनको छ ।

तालिमका प्रशिक्षक रविन्द्र प्रसाद कुसीले  शिक्षकसँग भएको ज्ञान सिपलाई सामथ्र्यले भ्याएसम्म विद्यार्थीलाई दिन प्रयास गर्ने उल्लेख गरे । तालिममा सहभागि प्रशिक्षार्थीहरुले प्रारम्भको दिन र समापनको दिन सम्म आइपुग्दा धेरै प्रगति भएको उनको बुझाई छ ।  समापन कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य एवं प्रशिक्षार्थी जमुना त्वानाबासुले स्वागत मन्तव्य तथा सहभागि प्रशिक्षार्थीहरु क्रमशः रामलक्ष्मी प्रजापति, रवि ध्वजु, जेनि दुवाल, बिष्णु केशरी ताम्रकारले तालिममा सिकेका कुराको बारेमा आ आफ्नो अनुभव साटेका थिए । असार १ गते सुरु गरिएको तालिम  असार ८ गते समापन गरिएको थियो ।