आइतबार, कार्तिक ९ गते २०८३

शुभकामना साकोसद्वारा रजत बर्षमा विविध कार्यक्रम, समुदायको उत्कृष्ट संस्था बन्न सफल


जेठ २५, २०८२ आइतबार
शुभकामना साकोसद्वारा रजत बर्षमा विविध कार्यक्रम, समुदायको उत्कृष्ट संस्था बन्न सफल

शुभकामना बचत तथा ऋण सहकारी संस्थाले शाताव्यापी कार्यक्रमको आयोजना गरी ‘रजत बर्ष २०८२’ समापन गरेको छ ।  संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद दुर्लभ थापा रहेका थिए ।

कार्यक्रममा बोल्दै सांसद थापाले सहकारीले सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणमा खेलेको भूमिका उल्लेखनीय रहेको बताए । सहकारीकै कारण सदस्यहरुले आफ्ना छोराछोरी  अध्ययनका लागि राम्रो देश पठाउन सकेको भन्दै सांसद थापाले सदस्यहरुलाई उद्यमशील बनाउन पनि सहकारीले  सहज रुपमा ऋण प्रवाह गरेको बताए । सहकारीकै कारण मुलुकमा  आर्थिक गतिविधि बढेको र सरकारले यो क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण बनाउनु पर्नेमा उनको जोड छ ।

बैंक तथा वित्तीय संस्थाको पहुँचबाट टाढा रहेका जनतालाई सहकारीले समेटी वित्रीय सेवा प्रदान गर्नुका साथै बचत ऋणको माध्यमबाट आर्थिक रुपमा सबल बनाउने काम गरेको समेत सो अवसरमा उनले जनाए । सहकारीेले गरेको ऋण समयमा  असुली नहुँदा कतिपय संस्थालाई  बचत फिर्तामा समस्या भएको भन्दै सांसद थापाले संसदमा सहकारीका मुद्दामा आफुले आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले समुदायमा आधारित सहकारीले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा उल्लेख भूमिका खेलेको बताए । उनले सरकारले सहकारीको परिभाषा नबुझेको भन्दै प्राधिकरणले हालै जारी गरेको मापदण्डले बचत ऋण अभियानलाई अप्ठ्यारो पारेको जनाए । अध्यक्ष ढकालले सहकारीभित्र समुदाय रहेको भन्दै सामाजिक संस्थाको परिस्कृत रुप सहकारी भएको उल्लेख गरे । अहिले सहकारी भन्ने बितिकै समस्या छ की भनेर डराउनुपर्ने अवस्था रहेको भन्दै उनले शुभकामना जस्ता सहकारीलाई आधार मानी ऐन, नियम तथा मापदण्ड बनाउन आग्रह गरे ।

505190825_23947656984902889_6289309368307719254_n.jpg

अहिले राम्रोसँग सञ्चालन भईरहेका सहकारीलाई पनि प्राधिकरणको मापदण्डले अन्यौलता थपिएको भन्दै सहकारीलाई अप्ठ्यारा पार्ने बुँदाहरु संशोधन गर्न  अध्यक्ष ढकालले माग गरे । प्राधिकरणले जारी गरेको मापदण्ड संशोधन नभए सांकेतिक रुपमा अवज्ञा गरेर जाने समेत उनले प्रष्ट पारे । शुभकामनाले समुदाय र सदस्यको उन्नतिको  लागि सहयोग पु¥याउदै आएको र संस्थाले समुदायको विश्वास आर्जन गर्न सकेको अध्यक्ष ढकालको भनाई छ । सदस्यहरुले सहकारीकै कारण  आर्थिक प्रगति गर्न सकेको भनेर भन्न सक्ने गरी काम गर्न समेत उनको आग्रह छ । सामाजिक सदभावलाई जर्गेना गर्दै सहकारीेले समाजमा खेलेको भूमिकालाई सकरात्मकतातर्फ लैजाने सबै पक्ष लाग्नु पर्नेमा उनको जोड छ । सहकारीको विकल्प सहकारी भएको र नतिजा नआउँदासम्म आफुहरु लागि रहने उनले प्रष्ट पारे । सहकारीमा लागेकोमा सबैले गर्व गर्नुपर्ने भन्दै उनले समाज रुपान्तरणको मुख्य माध्यम सहकारी भएको जनाए । पछिल्लो समय सहकारी सञ्चालनको लागि सहज वातावरण बनाउने भन्दा पनि लेयर माथि लेयर थपी कस्ने काम भएकोप्रति उनले आक्रोश व्यक्त गरे । हरेक व्यक्ति सहकारीमा आवद्ध रहेको र सहकारीलाई परेको अप्ठ्यारोको विषयमा संसदमा आवाज उठाइदिन सांसदहरुलाई उनले अनुरोध गरे ।

कार्यक्रममा राष्टिय सहकारी वैंकका सञ्चालक ध्रुबराज विष्ट,  बागमती  प्रोस्कूनका महासचिव गोविन्द  काफ्ले,जिल्ला सहकारी सघ भक्तपुरका अध्यक्ष ध्रुबबहादुर रायमाझी, भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु लगायतले  शुभकामना  मन्तव्य राख्दै सहकारी अभियानले मुलुकमा पु¥याएको योगदानको विषयमा चर्चा गरेका थिए । उनीहरुले सहकारी प्राधिकरणले ल्याएको मापदण्डका कतिपय वुँदाहरुको विरोध गर्दै कानुन भन्दा मापदण्ड माथि नहुने जनाए । बैंक तथा वित्तीय संस्थाबाट टाढा रहेका जनतालाई सहकारीले सेवा दिँदै आएको भन्दै उनीहरुले अहिलेको मापदण्डले बैंकहरुलाई मात्र पोस्न खोजेको आरोप लगाए ।

505444454_23947656894902898_1039016362295221475_n.jpg

संस्थाका अध्यक्ष  कासुलाले ७५ जना सदस्य र ७ लाख ५० हजार शेयर पुँजीबाट सुरु भएको संस्था यस अवधिसम्म आईपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नै पहिचान बनाउन सफल भएको बताए । उनले वि.स.२०५७ साल जेठ २४ गते बिधिवत रुपमा स्थापना भई वित्तीय कारोबार सुरु गरेको संस्थामा हालसम्म १० हजार सदस्य र १ अर्ब ७८ करोड माथि कुल कारोबार पुगेको जानकारी दिए । संस्थाले सदस्यहरुलाई वित्तीय लगायत अन्य सेवा प्रदान गर्दै आएको र सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाले विभिन्न संघ संस्थासँग सहकार्य गरेर सामाजिक कार्य समेत गर्दै आइरहेको उनले जनाए  । ‘ आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित सदस्यहरुको बचतको सुरक्षाको प्रत्याभूति गराउँदै सदस्य केन्द्रीत विभिन्न कार्यक्रम समेत संचालन गर्दै आइरेहेको उनले जानकारी दिए । समुदायमा आधारित भएर संचालन भएका कारण सदस्यको विश्वास जित्न सफल भएको र संस्थाको समग्र वित्तीय सुंचाङ्कहरु वृद्धि हुँदै गएको सो अवसरमा उनले बताए ।

 संस्थाकी उपाध्यक्ष एवं रजत वर्ष व्यवस्थापन उपसमितिका संयोजक निर्मला सुवालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रममा रजत वर्षको अवसरमा आयोजित निवन्ध प्रतियोगिता र  व्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । साथै बाँसुरी बाजाका प्रशिक्षार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।  रजत वर्षको अवसरमा संस्थाद्वारा प्रकाशित  स्मारिकाको पनि विमोचन गर्नुका साथै  असल ऋणीहरुलाई संस्थाले सो अवसरमा सम्मान गरेको थियो । संस्थाले रजत बर्षको अवसरमा कार्यक्रममा रजत वर्षको अवसरमा आयोजित निवन्ध प्रतियोगिता र  व्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । साथै बाँसुरी बाजाका प्रशिक्षार्थीहरुलाई समेत प्रमाणपत्र वितरण गरिएको थियो ।  रजत वर्षको अवसरमा संस्थाले बाल मनोविज्ञान सम्बन्धी अभिमूखिकरण कार्यक्रम,रक्तदान तथा सुगर जाँच, मठ मन्दिरको सरसफाई, जिल्लाव्यापी व्याडमिन्ट प्रतियोगिता र सहकारी ¥यालीको आयोजना गरेको थियो ।

505426783_23947663001568954_7864054888204154993_n.jpg