आइतबार, कार्तिक ९ गते २०८३

आर्थिक सर्वेक्षण प्रतिवेदनः सहकारीको संख्यादेखि पुँजी संकलन र परिचालनमा समेत वृद्धि


जेठ १८, २०८२ आइतबार
आर्थिक सर्वेक्षण प्रतिवेदनः सहकारीको संख्यादेखि पुँजी संकलन  र परिचालनमा समेत वृद्धि

 
पछिल्लो समय केही सहकारी संस्थाले वित्तीय अपचल गर्दा समाजमा सहकारीप्रति विश्वास घटेको बताइए पनि तथ्याङ्कले भने फरक देखाएको छ ।

सरकारले हालै सार्वजनिक गरेको  आर्थिक सर्वेक्षण २०८१/८२ ले २०८१ फागुनसम्मको तथ्याङ्कले सहकारीमा सदस्यको आवद्धता, बचत तथा पुँजी परिचालनमा  वृद्धि भएको पाइएको छ ।  आर्थिक सर्वेक्षण अनुसार मुलुकभर सहकारी संस्थाहरुको संख्यामा वृद्धि भएर ३२ हजार ९ सय ६५ पुगेको छ ।  त्यसैगरी  आर्थिक सर्वेक्षण  अनुसार २०८१ फागुन मसान्तसम्म सहकारी संस्थाहरुको कुल बचत परिचालन ११ खर्ब २५ अर्ब २८ करोड पुगेको छ ।  शेयर पुँजी पूँजी १ खर्ब ४३ अर्ब २९ करोड पुगेको  छ ।सहकारी संस्थाहरुले त्यस अवधिमा ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।  ती सहकारी संस्थामा १ करोड ९ लाख ५ हजार १९२ सेयर सदस्य रहेका छन् ।  

गत  बर्ष  २०८० फागुनसम्म सहकारी संस्थाहरुले ४ खर्ब ७८ अर्ब ११ करोड रुपैयाँ बचत परिचालन गरी ४ खर्ब ५ अर्ब ३ करोड कर्जा प्रवाह गरेको तथ्याङक थियो । त्यसैगरी ३१ हजार ४५० सहकरीमा ७३ लाख ८५ हजार ५२८ सेयर सदस्य रहेको उल्लेख थियो । एक वर्षका सहकारीका सेयर सदस्य करिब ३५ लाख २० हजाररले वृद्धि हुँदा बचत रकम साढे ६ खर्ब र कर्जा ५ खर्बभन्दा धेरैले बढेको आर्थिक सर्वोक्षणको  तथ्यांक देखाएको छ ।   

सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणालीमा (कोपोमिक्स) मा  गत  असारसम्म १७ हजार ६ सय ९६ सहकारी संस्था आवद्ध  रहेकोमा  २०८१ फागुनसम्म यस्तो संख्या १८ हजार ८ सय ९९ पुगेको छ ।  २०८१ असारसम्म सहकारी क्षेत्रमा ९४ हजार २ व्यक्ति प्रत्यक्ष रोजगार रहेकोमा २०८१ फागुनसम्म   ९० हजार २ सय ६५  जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।