आइतबार, कार्तिक ९ गते २०८३

शाताव्यापी कार्यक्रमको आयोजना गरी रजतबर्ष मनाउँदै शुभकामना साकोस


जेठ १६, २०८२ शुक्रबार
शाताव्यापी कार्यक्रमको आयोजना गरी रजतबर्ष मनाउँदै शुभकामना साकोस

भक्तपुरमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले शाताव्यापी कार्यक्रमको आयोजना गरी रजतबर्ष मनाउने भएको छ । 
संस्थाले जेठ १७ गतेदेखि २४ गतेसम्म विविध कार्यक्रम गरी रजतबर्ष मनाउन लागेको हो ।

रजत बर्षको अवसरमा संस्थाले जेठ १७ गते बाल मनोविज्ञान सम्बन्धी अभिमूखिकरण,१९गते जेष्ठ सदस्यलाई तिर्थटान,२० गते रक्तदान तथा सुगर परिक्षण र २१ गते ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । त्यसैगरी २२ गते भक्तपुरका ऐतिहासिक क्षेत्रको सरसफाई र २३ गते प्रभातफेरी ¥याली र २४ गते समापन कार्यक्रम  गरी रजतबर्ष मनाउने भएको छ ।

 संस्थाले विगतका बर्षहरुमा पनि विविध कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाउने गरेको थियो । समुदाय र सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतीको लागि सहयोग पु¥याउँदै आएको छ ।

संस्थाले प्रकाशित गरेको यस आर्थिक बर्षको बैशाख महिनासम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी ११ करोड ५६ लाख, जगेडा कोष १५ करोड ८५ लाख, संस्थागत पुँजी १६ करोड ३० लाख र  अन्य कोष  ६३ लाख २० हजार रहेको छ । त्यसैगरी संस्थाले १ अर्ब ३८ करोड ३३ लाख ४४ हजार बचत संकलन गरी १ अर्ब ८ करोड २६ लाख ऋण लगानी गरेको छ । संस्थामा ९ हजार ७४८ सदस्य र १ हजार १२५ बाल सदस्य आवद्ध रहेका छन् । संस्थाको कुल सम्पत्ति १ अर्ब ७८ करोड ४३ लाख पुगेको छ ।